Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • सनी लियोनीले फिल्मको शुटिङअघि अभिनेता रणदीपलाई एचआइभी टेष्ट गर्न भनेपछि…

    सनी लियोनीले फिल्मको शुटिङअघि अभिनेता रणदीपलाई एचआइभी टेष्ट गर्न भनेपछि…

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 2.6K
    SHARES

    एजेन्सी । सनी लियोनीले फिल्म ‘जिस्म टु’ बाट बलिउडमा पाइला टेकेकी थिइन्। पूजा भट्टको फिल्म २०१२ मा रिलिज भएको थियो।

    फिल्ममा सनीसँगै रणदीप हुड्डा र अरुणोदय सिंहको अभिनयर रहेको थियो। आफ्नो पहिलो फिल्म साइन गर्नेबेला सनीले केही माग गरेकी थिइन् जो एक अभिनेताका लागि निकै असामान्य थियो।



    रिपोर्टका अनुसार सनी लियोनले फिल्मको सुटिङअघि रणदीप हुड्ठा र अरुणोदय सिंहको मेडिकल सर्टिफिकेट मागेकी थिइन्। जिस्म टुमा उनका ती दुई अभिनेताबीच निकै हट सीन थिए।

    भारतीय समाचार माध्यमलाई विश्वास गर्ने हो भने सनीले पूजा भट्टलाई उक्त माग गर्दै एक इमेल लेखेकी थिइन्। यहाँसम्म कि पारदर्शिता सुनिश्चित गर्नका लागि उनले आफ्नो मेडिकल सर्टिफिकेट पनि पठाइन्।

    उनले आफू खतरनाक रोगद्वारा पीडित कुनै पनि व्यक्तिसँग सुटिङ नगर्ने पनि बताइन्। यद्यपि, पूजा भट्टले फिल्ममा गहन र अंतरंग दृश्य हुनसक्ने तर त्यसलाई निकै सुन्दर तरिकाले सुट गरिने बताउँदै कसैको पनि एचआइभी वा अन्य मेडिकल सर्टिफिकेट आवश्यक नपर्ने प्रस्ट पारिन्।

    सनी लियोन र अभिनेता रणदीप हुड्डाको फिल्म जिस्म टुले बक्स अफिसमा निकै राम्रो कमाइ गरेको थियो र सनी लियोनको कामका लागि अत्यधिक तारिफ पनि गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार