Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • चर्चित डान्सर सुशान्त खत्रीलाई प्रहरीले किन हान्यो झापड ?

    चर्चित डान्सर सुशान्त खत्रीलाई प्रहरीले किन हान्यो झापड ?

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । डान्सर सुशान्त खत्रीले प्रहरीले आफूमाथि अमानवीय दुर्व्यवहार गरेको बताएका छन्। उनले बिना कसनै कसुर आफूलाई प्रहरीले नियन्त्रणमा लिएर झापड हानेको बताएका छन्।

    सामाजिक संजाल फेसबुकमा लाइभमा आउँदै उनले प्रहरीबाट गरेको व्यवहार असह्य रहेको बताएका हुन्। काठमाडौंको एक क्लबबाट आफूलाई प्रहरीले नियन्त्रणमा लिएर एक घन्टासम्म हिरासतमा राखेको उनले जानकारी दिएका छन्।



    आफूहरु एक नाइट क्लबमा रहेको र क्लब बन्द हुने समय भएपछि बाहिर निस्कने तयारी गर्दै गर्दा प्रहरी आएर बाहिर निस्किन दबाब दिएको बताएका छन्। तर क्लबमा आफ्नोे बिल तिर्न बाँकी रहेको बताइरहँदा प्रहरीले काँधमा समातेर घिसार्दै बाहिर लैजान खोजेको बताएका छन्।



    मेरो गल्ती के छ भनेर सोध्दा प्रहरीले एक्कासी गालामा झापड हानेको उनले बताए। सुशान्तले भनेका छन्, ‘मेरो बुबा–आमाले हात उठाएको म सहन सक्छु। तर, विना कारण प्रहरी वा कसैले मलाई हात उठाउन पाउँदैन।’

    सुशान्तले विगत १२ बर्षदेखि आफू नेपाललाई विश्वमाझ परिचित गराउन लागिपरेको तर आफ्नै देशमा प्रहरीबाट नराम्रो व्यवहार भोग्नुपर्दा दुःख लागेको उल्लेख गरेका छन्। आफूले घरमा फोेन गर्छु भन्दा पनि प्रहरीले नदिएको पनि उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार