Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

    मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 2.7K
    SHARES

    रौतहट । रौतहटमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ।

    गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको हो।



    प्रहरीका अनुसार दुर्घटनामा परी सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका बडहराका प्रहरी चौकीमा कार्यरत ३३ बर्षिय रामनिवास यादवको ज्यान गएको हो।



    दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीको नेतृत्वका इप्रका पिपरा रजबाडा सहितको टोली घटनास्थल पुगेको थियो।

    मोटरसाइकल दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    मृतक प्रहरी जवान यादवको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार