Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रदेश १: नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुद्वारा शपथ ग्रहण

    प्रदेश १: नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुद्वारा शपथ ग्रहण

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 1.1K
    SHARES

    विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    मुख्यमन्त्री राईसँगै नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोह आयोजना गरी पद तथा गोपनीयताको शपथ गराएका हुन् ।



    मुख्यमन्त्री राईले गठबन्धन दलहरुमध्ये नेपाली काँग्रेसबाट २ र बाँकी दलबाट १\१ जनालाई समेटेर ६ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् ।



    नवनियुक्त मन्त्रीहरुमा केदार कार्कीलाई आन्तरिक न्याय तथा कानूनमन्त्री, हिमाल कार्की भौतिक मन्त्री, इन्द्र आङबो आर्थिक मामिला मन्त्री, जयराम यादव सामाजिक विकास मन्त्री र विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बनेका छन् ।

    ९२ सदस्यीय रहेको प्रदेश सभामा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार