Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आफ्नो सरकार जोगाउन नसक्नेले अर्काको सरकार ढाल्ने धम्की नदिए हुन्छ : गृहमन्त्री खाँण

    आफ्नो सरकार जोगाउन नसक्नेले अर्काको सरकार ढाल्ने धम्की नदिए हुन्छ : गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    पाँचथर । प्रधानमन्त्रीको समेत कार्यभार सम्हालिरहेका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका छन् ।

    पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयवासीसँगको अन्तक्र्रियाका क्रममा उनले आफ्नै सरकार र पार्टी जोगाउन नसक्नेले फेरि सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका हुन् ।



    विपक्षी दलका नेताहरुले अहिलेको सरकारलाई सजिलै ढलाउन सक्ने दाबी गरेको केही दिनपछि गृहमन्त्री खाँणले अहिलेको सरकार कसैले ढलाएर नढल्ने तर्क गरे ।
    “हामी सरकार ढलाउने र गिराउने काममा कहिल्यै लागेनौँ, अब पनि लाग्दैनौँ, सरकार बनाउनेतर्फ हैन, देश बनाउनेतर्फ जोड गरौँ”, उनले भने ।



    वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्ने भएकाले जनताको मर्म बुझ्नका लागि आफू जनतासँग अन्तक्र्रिया गर्न गाउँ गाउँ जाने गरेको बताए । जनताका समस्या बुझ्ने र समाधान गर्नेतर्फ नै अहिलेको सरकार केन्द्रित रहेकाले कसले सरकार ढलाउँछ भन्नेतर्फ कुनै सरोकार नरहेको उनले उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार