Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रधानन्यायाधीशका भाईको धन्दा : मुद्दा मिलाएरै एक अर्बभन्दा बढी अबैध सम्पत्ति कमाए !

    प्रधानन्यायाधीशका भाईको धन्दा : मुद्दा मिलाएरै एक अर्बभन्दा बढी अबैध सम्पत्ति कमाए !

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 3.9K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका कारण न्यायालय यतिबेला विवादमा छ । दिनहुँ विवादित बन्दै गएका प्रधानन्यायाधीश राणाको सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज राजिनामा समेत मागेका छन्।

    कार्यपालिकासँगको राजनीतिक भाग खोजेर न्यायालयलाई बद्नाम गराएका राणाबिरुद्द कानून व्यबसायीहरु, नेपाल बार एसोसियसन र सर्बोच्च अदालतकै न्यायाधिसहरु मोर्चाबन्दी गरेर राजिनामा माग्दा समेत राणा पद जोगाउन अनेक खेल खेलिरहेका छन्।



    श्रीमती हत्याका आरोपी सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइरालाको कैद सजाय कटौती गर्ने  फैसलापछि राणाबिरुद्द गत बर्ष नागरिक समाजले आक्रोश व्यक्त गरेको थियो।  हुन त प्रधानन्यायाधीश राणाका धेरै निर्णय विवादमा परेकोले उनलाई सर्वोच्च अदालतको न्यायाधीश बनाउनु हुँदैन भनेर न्याय परिषद्मा कुरा उठेको थियो । उनीमाथि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले कारवाही गर्नुपर्ने कुरा उठाएका थिए ।



    श्रेष्ठ निवर्तमान भएपछि पनि सर्वोच्च अदालतका न्यायाधीश बनाउनु हुन्न भनेर संसदीय सुनुवाइमा कुरा उठ्यो । तत्कालीन एमाले र माओवादीका सांसदहरुले उनको विपक्षमा मतदान गरे । तर, एमाले र माओवादी पार्टी एक भएपछि तिनै राणालाई प्रधानन्यायाधीश बनाए ।

    राणा प्रधानन्यायाधीश भएपछि अदालतविरुद्ध जनता सडकमा आउनुका पछाडि उनी र उनका भाईको गतिविधि प्रमुख कारण रहेको छ । चोलेन्द्रशमशेरकै भाई प्रभुशमशेर जबराको गतिविधिले पनि न्यायलयप्रति जनताको विश्वास घटेको छ । मुद्दा जिताइदिने भन्दै प्रभुशमशेरले पैसाको डिल गरेको अडियो नै बाहिरिएको थियो । बिहान–बिहान सधैैं दाईको निवासमा हुने र दिउँसो उनी बानेश्वरस्थित आफ्नै कम्प्लेक्समा बसेर  डिल गर्दथे ।

    उनी मुद्दा परेका घर जग्गाहरु सस्तोमा किन्ने र महंगोमा बेच्ने खेलमा लागेका थिए ।  प्रभुशमशेरले सात करोडमा ठमेलमा एक घर किने । सात करोडमा उनले घर किनेको भए पनि कर छल्न साढे चार करोडमा पास गरेका थिए । ठमेलको उक्त घर मुद्दा परेकाले उनले मुद्दा मिलाएर बेच्नै भन्दै खरिद गरेका थिए ।

    उच्च अदालतका एक न्यायाधीशले नै मुद्दा हाल्नेहरुलाई धम्क्याएको  सार्वजनिक भएको थियो ।  जुन कुरा एक भिडियोबाटै खुलेको थियो। प्रभुशम्शेरको सम्पत्तिको स्रोत नै ‘कालोधन’ भएको बताइन्छ । यसमा सम्पत्ति शुद्धीकरण विभागले छानबिन ग-यो भने पनि कालोधनका विषयमा स्पष्ट हुन्छ ।

    विवादास्पद घर जग्गा खरिद गर्ने र अदालतमा मुद्दा मिलाएर बेच्ने प्रभुशम्शेरको गिरोह नै काठमाडौंमा सक्रिय रहेको स्रोत बताउँछ । यस्तो गिरोहमा केही भू–माफियाहरु समेत छन् ।

    मुख्य पेसा घरमा जुवा खेलाउने प्रभुशमशेर एक समय व्यक्तिगत तथा बैंकको ऋणमा चुर्लुम्मै डुबेका थिए । बानेश्वर देवकोटामार्गस्थित शिवदर्शन हल भएको सत्ताइस आना जमिनकी सोझी महिलालाई जालमा पारेर उक्त जमिन आफ्नो नाममा ल्याउन सफल प्रभुले सोही जमिन बैंकमा धितो राखेर ऋण लिए।

    आफ्नै जमिनको पचास प्रतिशत स्वामित्व गुमाएकी ती विधवा महिलाको जमिनमा कमर्सियल कम्प्लेक्स (आईपेक्स मल ) बनाए । कुनै समय एटिक बारमा विभिन्न मुद्दाका वादी–प्रतिवादीहरूसँग छलफल तथा ‘सेटिङ’ गर्दै गरेको भेटिने प्रभु क्यासिनो ऱ्याडको मुद्दा मिलाउने भन्दै लिएको एक करोड रुपैयाँ फिर्ता दिन आनाकानी गरेपछि केही घन्टा सोह्रखुट्टेस्थित प्रहरी चौकीमा बिताउन बाध्य भएका थिए ।

    भेनस क्यासिनोको मुद्दा मिलाउने भन्दै एक करोड पचास लाख रुपैयाँ हात पारेका प्रभुले रोयल क्यासिनोको मुद्दा मिलाउने नाममा तीन करोड बुझेको र यस्ता अनेकौँ मुद्दामा बिचौलिया बनेर रकम सँकलन गरेका थिए। प्रभुले दुई वर्षभित्रै अमेरिकाको टेक्सास र थाइल्याण्डको बैंककमा एक–एकवटा अपार्टमेन्ट खरिद गरेको उनी निकट स्रोतको दाबी छ। प्रभुले अबैध रुपमा कमाएको पैसा हुन्डी गरेर दुबइमा पुर्याउने गरेको पनि एक व्यबसायी दाबी गर्छन्।

    कतिपय मुद्दामा वादी र प्रतिवादी दुवैतर्फबाट नगद बुझ्ने र जसले मुद्दा जित्छ उसको पैसा खाने उनको धन्दा रहेको अदालतहरुमा चर्चा हुने गर्दछ।

    हार्ने पक्षलाई उनले पैसा फिर्ता समेत गर्दैनन् । प्रभुको आर्थिक संकलनमा भतिजा रजतशमशेर राणा (बन्टी )लगायतहरु सक्रिय रहँदै आएका छन्।

    दाई प्रधानन्यायाधीश बनेपछि मुद्दा मिलाएकै भरमा अहिले प्रभुशमशेरसँग एक अर्बभन्दा बढी अबैध सम्पत्ती रहेको उनी निकटहरु नै दाबी गर्छन्। उनै प्रभुशमशेरसँग पटक- पटक प्रतिक्रियाका लागि सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

    त्यस्तै,अर्बौ ठगीका नाइके सुधिर बस्नेतलाई जोगाएर करोडौ लाभ लिन  प्रभुशमशेर सक्रिय हुँदै आएका छन् ।  बस्नेतको कम्पनी ओरेन्टल विल्डर्स डेभलपर्स प्रालिले ऋण तिर्न नसकेपछि एनआईसी एशिया बैंकले २०७० सालदेखि आफ्नो नाममा ल्याएको धापासीस्थित जग्गामा प्रभुशमशेरले ठूलो चलखेल गरेका हुन।

    प्रभुशमशेरकै योजनामा मुद्दामा बार्गेनिङका लागि पटक-पटक पेशी सारिएको बैंक स्रोतले वताएको छ। प्रभुशमशेरले दुबै पक्षसँग उक्त जग्गामा बिना लगानी आफुले २० करोड रकम पाउनुपर्ने सर्त राखेको स्रोतको दाबी छ।

    एनआईसी एशिया बैंकले सकारेको उक्त जग्गामा जग्गा दलाल तथा ग्राण्डी अस्पतालका सन्चालक दिपक कुँवरको पनि इन्ट्री भएको छ।

    कुँवरले उक्त जग्गा हात पार्नका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नाम बेच्न थालेको चर्चा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार