Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • तालीबानले कब्जा गरेको काबुलमा आईएसको आक्रमण, २० जना बढीको मृत्यु

    तालीबानले कब्जा गरेको काबुलमा आईएसको आक्रमण, २० जना बढीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । तालीबानले अफगानिस्तान कब्जा गरेसँगै हत्या र हिंसाका घटनाहरु दिनप्रतिदिन बढीरहेका छन् । एकदमै कट्टर शाशन सञ्चालन गर्दै आएको तालीबानमाथि नै चुनौती दिनेगरी आक्रमणका घटनाहरु भइरहेका छन् ।

    पछिल्लो समय राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ । बन्दूकधारीहरुले एउटा सैनिक अस्पतालमा गराएको बिस्फोट र आक्रमणमा अन्य १६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



    काबुलको सर्दार दाउद खान अस्पतालबाहिर बिस्फोट गराएपछि बन्दूकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए ।



    अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आईएस–के ले आक्रमणको जिम्मा लिएको छ ।

    दुई ओटा बिस्फोट भएकोमध्ये एउटा बिस्फोट आत्मघाती भएको उनले जानाकारी दिए । १५ अगस्टमा तालिवानले राजधानी काबुल कब्जा गरेपछि आईएसले हिंसात्मक हमला गर्दै आएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार