Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बोल्ने मात्रै होइन काम गरेर देखाउँछु, भूमिहीनहरुले यथासक्य छिटो लालपुर्जा पाउँछन् : मन्त्री श्रेष्ठ

    बोल्ने मात्रै होइन काम गरेर देखाउँछु, भूमिहीनहरुले यथासक्य छिटो लालपुर्जा पाउँछन् : मन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.1K
    SHARES

    महोत्तरी । भूमिसुधार तथा सहकारीमन्त्री शशी श्रेष्ठले दलित, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई छिटै नै व्यवस्थित बनाउने बताएकी छन् ।

    महोत्तरीको रामगोपालपुरमा गाउँ, ब्लक तथा एैलानी जग्गाको उपभोगकर्तालाई लालपुर्जा वितरण गर्न आएकी मन्त्री श्रेष्ठले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई पनि लालपुर्जा वितरण गर्ने बताइन् ।



    बोल्ने भन्दा पनि काम गरेर देखाउने बताएकी उनले किसानहरूको समस्यालाई मुख्य प्राथमिकतामा राखेको जानकारी गराइन् ।



    मन्त्री श्रेष्ठले भनिन्–‘ढिलासुस्ती तथा कानुनको अभावमा काम नगर्ने प्रवृत्तिको अन्त्य गर्दै नयाँ ढंगबाट अगाडि बढ्ने मेरो अठोट हो ।’

    फास्ट ट्र्याकबाट काम भइरहेको दावी गर्दै उनले अघिल्लो भूमि आयोगले गरेका राम्रा कामको स्वामित्व लिने पनि बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार