Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रहरीले नै बनाए ५० महिला र मोडलको अश्लिल भिडियो, घडीले यसरी खोलिदियो पोल

    प्रहरीले नै बनाए ५० महिला र मोडलको अश्लिल भिडियो, घडीले यसरी खोलिदियो पोल

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । एक ब्रिटिश प्रहरी अधिकारीले गोप्यरुपमा ५० भन्दा बढी मोडलको अश्लिल तस्वीर खिचि भिडियो बनाएका छन्। यसका लागि उनले सेक्रेट क्यामेराको प्रयोग गरेको पाइएको छ।

    यस मामिलामा सुनुवाइका क्रममा वकिलले प्रहरी अधिकारीलाई सेक्स एडिक्ट अर्थात सेक्सको लतबाट पिडीत व्यक्ति भनेका छन्। मिरर युकेका अनुसार ४० वर्षीय ती प्रहरीको नाम नेल कार्बेल हो।



    कार्बेलले २०१७ देखि २०२०को बीचमा ५१ महिला र मोडलसँग अनालाइड डेटिङमार्फत चिनजान बढाए। त्यसपछि भेट्ने बाहनामा होटलमा लगेर गोप्य रुपमा उनीहरुको अश्लील भिडियो बनाएका थिए।



    कार्बेलले महिलाहरुको जासुसी गर्नका लागि धेरै उपकरणहरु प्रयोग गरेका थिए। क्यामेरा, डिजिटल अलार्म घडी, फोन, भित्ते घडी, हेडफाेन, फोन चार्जर, ल्यापटप र चश्मा पनि यसमा सामेल छन्।

    अनुसन्धानका क्रममा उनीसँग ५१ भिडियो पाइएको थियो जसमा महिलाहरुको अश्लिल रुप देख्न सकिन्छ। उनलाई फोटो लिन अनुमति दिइएको तर लुकेर भिडियो नै बनाइएको पाइएको हो।

    एक मोडललाई फाेटोशुटका दौरान कार्बेलको अलार्म घडी अचम्मको लाग्यो। घरमा गएपछि उनले घडीको ब्राण्डबारे खोजी गरिन्। गुगलबाट उनले उक्त घडी स्पाइ क्यामेरा भएको थाहा पाइन्। त्यसपछि मोडलले कार्बेलविरुद्ध उजुरी दिइन्।

    कोर्बल वकिलले भने उनलाई दुर्लभ बिरामी भएको र उनले दिएको योगदानका लागि सजाय कम गर्नुपर्ने बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार