Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रेसलाई नियमन गर्ने हो, निरुत्साहित होइन : मन्त्री पौडेल

    प्रेसलाई नियमन गर्ने हो, निरुत्साहित होइन : मन्त्री पौडेल

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.9K
    SHARES

    कास्की । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले सञ्चार क्षेत्रका विद्यमान समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    प्रेस सेन्टर नेपाल कास्कीको पाँचौँ जिल्ला अधिवेशनको आज पोखरामा उद्घाटन कार्यक्रममा उनले प्रेसलाई नियमन आवश्यक रहे पनि अङ्कुश लगाउन नहुने बताए ।



    प्रेसका समस्या हल गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले भने, “अहिले प्रेसका सम्बन्धमा ऐन, कानून र नियमनका कुरा उठेका छन् । कानूनभित्र रहने कुरालाई सबैले मान्नुपर्दछ । प्रेसलाई नियमन गर्नुपर्दछ तर अङ्कुश लगाउनुहुँदैन । यसको भूमिकालाई खुम्च्याउने, अपमानित गर्ने र निरुत्साहित गर्ने प्रवित्तिलाई रोक्नु आवश्यक छ ।”



    मन्त्री पौडेलले बलिदानी पूर्ण सङ्घर्षबाट स्थापित प्रेस सेन्टर नेपालले जनपक्षीय पत्रकारिता र अग्रगमनको अगुवाइ गर्न सक्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री मधुमाया अधिकारीले प्रदेश सरकारले सञ्चार क्षेत्रलाई प्राथमिकतामा राखेर खोप, पूर्वाधार र तालिमलगायतका सहयोग गर्दैै आएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार