Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ओली आफ्नै दम्भ र घमण्डका कारण फसे: प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन्।

नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले देशमा लोकतन्त्र जोगाउनका लागि कांग्रेस पार्टीमा विधि पद्दति जोगाउन भने जरुरी रहेको बताए।

नेता सिंहले लोकतान्त्रिक पार्टीमा नेतृत्वले अलोकतान्त्रिक गतिविधि गर्दा पार्र्टी कमजोर भएको उल्लेख गर्दै अवसर दिएर पनि काम नगर्नेकाबारे अब आम कार्यकर्ताले सोच्नुपर्ने बेला आएको बताए ।

'व्यक्तिपछि लाग्नु नै हाम्रो दुर्भाग्यपूर्ण अवस्था रह्यो,' उनले भने, 'कांग्रेस कमजोर भएकै कारणले कम्युनिष्टले गत निर्वाचनमा राम्रो भोट ल्याएको उनको भनाइ छ ।

नेता सिंहले आसन्न महाधिवेशनमा सही नेतृत्व चयन गरेर मुलुक निमार्णमा लाग्नुपर्ने बताउँदै पार्टी राम्रो बनाउन र अस्तित्व जोगाउन नेतृत्व परिवर्तनको आवश्यकता रहेको उल्लेख गरे ।

सरकारले कोरोना खोपको व्यवस्थापन अझै राम्रोसँग गर्नुपर्नेमा जोड दिँदै उनले चाडपर्वको बीचमा भरहेको इन्धन तथा अन्य क्षेत्रको महङ्गीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

फरक प्रसंगमा नेता सिंहले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र घमण्डका कारण पार्टी मिलाउन नसक्दा आफै फसेको टिप्पणी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077