Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नेकपा समाजवादीको विदेश विभाग प्रमुखमा झलनाथ खनाल चयन

    नेकपा समाजवादीको विदेश विभाग प्रमुखमा झलनाथ खनाल चयन

    अनलाइन नेपाल
  • बिहिबार, १८ कार्तिक २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)को विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन भएका छन् । सो पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरका अनुसार ११ सदस्यीय विदेश विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रमेश हमाललाई जिम्मा दिइएको छ ।

    यस्तै, सदस्यहरुमा डा विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइपी सङ्ग्रौला, शङ्कर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही छन् । डा वेदुराम भुसाल प्रमुख रहनुभएको सङ्गठन विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रकाश ज्वाला छन् ।



    यस्तै, सदस्यमा अशोक कोइराला, बलदेव चौधरी सदस्यमा चयन भएका छन् । शिक्षा विभागको प्रमुखमा गङ्गालाल तुलाधर र लक्ष्मण केसी उपप्रमुख छन् । सदस्यहरुमा कमला तुलाधर, डा चन्द्र ढकाल, डा उद्धव पोखरेल, गुणाखर गैर र सरोज खतिवडा सदस्य छन् ।



    पार्टीले विपद् व्यवस्थापन विभाग पनि गठन गरेको छ । विभागमा नेता तुलाधर नै प्रमुख छन् । सूर्यबहादुर थापा, आयाम पाण्डे, डा राजु थापा र विष्णु तिमिल्सना सदस्य छन् ।

    गोविन्द कोइराला प्रमुख रहेको सहकारी विभागको उपप्रमुखमा टेकप्रसाद चौलागाईं छन् । सदस्यहरुमा नवराज अर्याल, माधवप्रसाद जिसी, ओमप्रताप राणा, देवराज न्यौपाने र किरण मोक्तान छन् ।

    बुधबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकबारे आज जानकारी दिँदै नेकपा(एस)ले वर्तमान सरकारका कामलाई अझै प्रभावकारी बनाउन गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ ।

    पार्टीबाट सरकारमा पठाइएका मन्त्री तथा मुख्यमन्त्रीले पार्टीको नीति र निर्देशन अनुसार प्रभावकारी काम गर्ने, मन्त्री तथा मुख्यमन्त्रीको सल्लाहकारको नियुक्ति गर्दा राजकीय मामिला विभागको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले निर्णय गरेर मात्रै गर्नुपर्नेमा जोड दिइएको छ ।

    पार्टीमा आउन चाहिरहेका विभिन्न राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न महासचिव डा वेदुराम भुसालको संयोजकत्वमा उपमहासचिव डा तुलाधर र डा विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरिएको छ ।

    यही कात्तिक २७ र २८ गते काठमाडौँमा केन्द्रीय कमिटीको दोस्रो बैठक बोलाइएको छ । पार्टीले आकर्षक नारा लेखिएका लाखौँ स्टिकर छापी जनतामा वितरण गरेर पार्टीको प्रचार गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

    मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्याएको क्षतिको मर्मत कार्य छिटोभन्दा छिटो सम्पन्न गरी काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति गर्न सरकारलाई बैठकले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार