Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • टिका लगाउन माइतीघर हिँडेकी ईश्वरी ३ वर्षीय छोरीसहित खोलामा खसिन्

    टिका लगाउन माइतीघर हिँडेकी ईश्वरी ३ वर्षीय छोरीसहित खोलामा खसिन्

    अनलाइन नेपाल
  • बिहिबार, १८ कार्तिक २०७८
  • 1.6K
    SHARES

    जाजरकोट । तिहारको टिका लगाउन माइती हिँडेकी महिला खोलामा खसेर बेपत्ता भएकी छिन्। जाजरकोटको बारेकोट गाउँपालिका ७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा खसेको प्रहरीले जानकारी दिएको छ।

    सिंह मुड्केचुला गाउँपालपालिका २ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा खसेकी हुन्। खसेको केही समयभित्रै खोलाले बगाएर आमा बेपत्ता हुनुका साथै छोरीको स्थानीयले उद्धार गरेर उपचारका लागि नेपालगञ्ज पठाइएको छ।



    मुख, टाउको र शरीरमा गहिरो चोट लागेकाले छोरीको अवस्था गम्भीर रहेको बताइएको छ। छिमेकी जिल्ला रुकुम (पश्चिम), जाजरकोटलाई खबर गरी बेपत्ताको खोजिकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार