Online Nepal
  • शुक्रबार, १७ मंसिर २०७८
  • युवा संघका सहसचिव एबं विद्यायलका अध्यक्षमाथि टोले गुण्डाको आक्रमण

    युवा संघका सहसचिव एबं विद्यायलका अध्यक्षमाथि टोले गुण्डाको आक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, १९ कार्तिक २०७८
  • 82.4K
    SHARES

    काठमाडौं । युवा संघ ओखलढुंगाका सहसचिव एबं सुनकोशी माध्यामिक विद्यालयका अध्यक्ष सुदर्शन सापकोटामाथि सांघातिक आक्रमण भएको छ ।

    हिजो (विहिबार) सुकेधारस्थित यूनिर्भसल क्याफेमा बसिरहेका सापकोटामाथि सुनकोशी गाउँपालिका–२ ओखलढुंगा घर भई हाल बौंद्ध नयाँबस्ती बस्ने ४० वािर्षय बुद्ध लामाको समूहले आक्रमण गरेको हो ।



    एक दर्जन बढी युवाहरुको टोली लिएर क्याफेमा पुगेका लामाले सापकोटामाथि खुडा र खुकुरी प्रहार गरी आक्रमण गरेका हुन् । टोले गुण्डाको पहिचान बनाएका लामाले पेस्तोल पनि बोकेको पीडित सापकोटाले बताए ।

    लामा प्रहरीको खोजी सूचीमा रहेको पनि बताइएको छ । लामामाथि २०७४ सालको चुनावमा गाउँपालिका अध्यक्षका उम्मेदवार ज्ञानबहादुर खड्का (जीबी) माथि पनि धारीलो हतियार प्रायोग गरी ज्यान मार्न खोजेको अभियोग छ । तर, त्यतिबेला खड्काले भागेर ज्यान बचाएका थिए ।

    घाइते सापकोटाको अनुहारलगायत शरिरका विभिन्न भागमा चोट लागेको छ । उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । लामा नेपाली कांग्रेस निकट मानिन्छन् ।

    महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले आक्रमणकारी लामालाई पक्राउ गर्न आदेश दिइसकेको बताए । अनलाइन नेपालसँग कुरा गर्दै उनले भने–‘आक्रमण भएको जानकारी पाए लगत्तै आक्रमणकारीलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भइसकेको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार