उदयपुर । उदयपुरको त्रियुगा मा एकै पटक ३५ मोटरसाइकल खरानी भएका छन् । ती मोटरसाईकल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउसमा यस्तो घटना भएको हो । लक्ष्मीपूजाको रात विद्युत सट भई आगलागी भएको प्रहरीले जनाएको छ । राती करिब १२ः ४५ बजेतिर एक्कासि विद्युत् सट भएर आग–लागी भएको हो ।
त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित किस्मत अलिको घर भाडामा लिई ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउस सञ्चालन गर्दै आएको टेकबहादुर दाहाल र राजकुमार राउतको पसलमा आगलागी भएको हो । साँझ दीपावली गरेर हिँडेका उनीहरूको पसलमा एक्कासि बिद्युत् स र्ट भई आग–लागी भएको स्थानीले बताए ।
राती अचानक आगलागी भएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी, प्रहरी, बारुद यन्त्रको सहयोगमा ३ घण्टापछि आगो रोकिएको जनाएका छन् ।
आगलागीबाट ३५ वटा मोटर साइकल, ३ वटा ल्यापटप, सिसि क्यामेरा, प्रिन्टर, मोटर पार्टसका सामान, मेसिन लगायतका करिब १ करोड ५० लाख भन्दा बढीको क्षति भएको सञ्चालक टेकबहादुर दाहालले बताए ।