Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पोर्चुगलमा संसद विघटन, निर्वाचन घोषणा

    पोर्चुगलमा संसद विघटन, निर्वाचन घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १९ कार्तिक २०७८
  • 2.3K
    SHARES

    एजेन्सी । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले संसद् विघटनको घोषणा गरेका छन् । उनले विहिवार संसद्् विघटन गरिएको घोषणा गर्दै आगामी संसद्ीय निर्वाचनका लागि मितिसमेत तोकेका छन् ।

    राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको उनको सम्वोधनमा आगामी सन् २०२२ को जनवरी ३० मा निर्वाचन गर्नेगरी मिति तोकिएको हो ।



    देशमा उत्पन्न राजनीतिक सङ्कट अन्त्यका लागि अहिलेको संसदबाट समाधान ननिस्किएकाले यो संसद्् विघटन गर्दै नयाँ संसद्् गठनका लागि निर्वाचन गर्नु परेको उनले उल्लेख गरेका छन् ।



    सोसियलिष्ट पार्टी (पिएस)को अहिलेको सरकारले ल्याएको बजेट गत महिना संसद््बाट अस्विकृत भएपछि पोर्चुगलको राजनीतिक सङ्कट नयाँ मोडमा पुगेको हो ।

    पोर्चुगलको संसदीय इतिहासमा ४५ वर्षपछि पहिलो पटक अहिले मात्रै संसदबाट बजेट अस्विकृत भएको अधिकारीले जनाएका छन् ।

    संसद््बाट बजेट अस्विकृत गरेमा संसद् विघटन गरी निर्वाचनको घोषणा गरिदिने चेतावनी राष्ट्रपति सुजाले यसअघि नै दिँदै आएका थिए । वर्तमान राजनीतिक सङ्कट समाधानका लागि संसद् विघटन गरी निर्वाचन घोषणा गर्नुको अर्को विकल्प नभएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार