Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कसले चोर्यो गस्तीमा गएको प्रहरीको मोटरसाइकल ?

    कसले चोर्यो गस्तीमा गएको प्रहरीको मोटरसाइकल ?

    अनलाइन नेपाल
  • शनिबार, २० कार्तिक २०७८
  • 4.7K
    SHARES

    फाइल तस्विर

    सप्तरी । देश र जनताको सुरक्षाको जिम्मेवारी बोकेको प्रहरी नै चोरको चपेटामा परेको छ । सप्तरीमा गस्तीमा गएका प्रहरीकै मोटरसाइकल चोरी भएपछि प्रहरी नै समस्यामा परेको हो ।

    बोदेबर्साइन नगरपालिका–८ बैरियाही टोलबाट शुक्रबार साँझ प्रहरीको मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ ।



    इलाका प्रहरी कार्यालय बोदे बर्साइनबाट दुई जना प्रहरी सवार भएर गस्तीमा गएको बा२प ५६६१ नम्बरको मोटरसाइकल बैरियाहीबाट चोरी भएको हो ।



    बैरियाहीमा आयोजित सांस्कृतिक कार्यक्रममा सुरक्षा दिन प्रहरी सहायक निरीक्षक (असई) दिलीप सिंहको नेतृत्वमा दुई जना प्रहरी खटिएका थिए ।

    मोटरसाइकल पार्किङ गरी प्रहरी कार्यक्रमस्थलमा घुमिरहँदा मोटरसाइकल चोरी भएको जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार