Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भाइटिका लगाएर २०७८ सालको तिहारको यसरी गरियो विदाई

    भाइटिका लगाएर २०७८ सालको तिहारको यसरी गरियो विदाई

    अनलाइन नेपाल
  • शनिबार, २० कार्तिक २०७८
  • 2.2K
    SHARES

    काठमाडौं। यमपञ्चकसमेत भनिने तिहारको पाँचौं अर्थात अन्तिम दिन आज भाइटीका लगाएर तिहारको विदाई गरिएको छ । आज भाइटिका लगाएसँगै २०७८ सालको तिहारलाई समेत विदा भएको छ ।

    आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।



    प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।



    दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

    भाइटीकाको टीका आज दिनभर लगाउन मिल्ने भए पनि उत्तम साइत भने ११ः०२ बजे रहेको थियो । उत्तम साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले भाई डेगेन्द्र पाण्डेलाई टिका लागाइदिएकी थिइन् ।

    राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक समिति जनाएको छ ।

    टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार