Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • न्यायालयमा सेटिङ मिलाएर कमाएको करोडौं रकम विदेश लैजादै प्रधानन्यायाधीशका भाई

    न्यायालयमा सेटिङ मिलाएर कमाएको करोडौं रकम विदेश लैजादै प्रधानन्यायाधीशका भाई

    अनलाइन नेपाल
  • आइतबार, २१ कार्तिक २०७८
  • 3.8K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाई प्रभु शमशेर राणाको अहिलेको दैनिकी भनेको साम, दाम, दण्ड, भेद जे गरेर भएपनि दाईको पद जोगाउनतिर तल्लिन रहेको छ ।

    म नै सर्वेसर्वा हुँ भन्ने प्रधानन्यायाधीशको घमण्डीपनले यतिबेला उनको पद नै धरापमा परेको छ । हुन त न्यायाधीशमा प्रवेश नै गलत ढंगले भएका राण सर्वोच्च अदालतमा बहुमतले अस्वीकृत भए पनि नियुक्ति भई न्यायाधीश हुँदै प्रधानन्यायाधीशसम्म हुन पुगे ।



    न्यायधीश हुँदादेखि नै सेटिङमा मुद्दा मिलाएको आरोप खेप्दै आएका राणाले पुनरावेदन, विशेष अदालत हुँदै सर्वोच्चको प्रधानन्यायाधीश हुँदासम्म पनि न्यायको नांगो सौदाबाजी गर्न नछाडेका कारण न्यायालय नै बदनाम भएको छ भने अहिले उनको पद पनि धरापमा परेको छ ।



    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कानून विपरित परमादेश जारी गरेको, सरकारमा भागण्डा खोजेकोलगायतका कारण विवादमा तानिएका राणा सर्वोच्च अदालतका १५ न्यायाधीशले इजलास बहिस्कार गर्दा समेत राजीनामा नदिई निर्लज्जपाराले पेशी तोक्दै बसेका छन् ।

    आफू प्रधानन्यायाधीश बनेसँगै उनले भाइ प्रभुशमशेर र ज्वाई विनय रावललाई सेटिङको जिम्मा दिएका छन् । त्यसैले प्रभुशमशेर र विनयले नै आर्थिक सरोकारका र पैसावाल अपराधीका मुद्दाको डिल गर्ने गरेका छन् ।

    एनसेल, नक्कली भ्याटबिल, सहकारी ठगी गर्ने, सार्वजनिक जग्गा अतिक्रमणकारी, क्यासिनोको राजस्व नतिर्ने किशोर सिलवाल, तप्त बिष्टहरु, ठेक्कापट्टाका विवादजस्ता हरेक मुद्दामा प्रभुशमशेर र रावल पनि जोडिने गरेका छन् ।

    हरेक बिहान प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटार र दिउँसो बानेश्वरस्थित आफ्नै आइपेक्स कम्प्लेक्समा बसेर मुद्दाको डिल गर्दै आएका प्रभुशमशेर यतिबेला न्यायालमै सेटिङ मिलाएर कमाएको रकम खर्च गरेर दाईको पद जोगाउन सकिन्छ कि भनेर विचौलियादेखि नेताहरुसँग साँठगाँठ गरिरहेका छन् ।

    दाईको पद जोगाउन नसकेको खण्डमा अवैध ढंगबाट कमाएको रकमलाई सुरक्षित स्थानमा पुर्याउनु पनि उनको अहिलेको दैनिकी बनेको छ । त्यसैले त अहिले उनको रोजाइमा परेका छन्, अमेरिकाका  हरिबोल भण्डारी ।

    प्रभुशमशेरले बानेश्वरको उक्त कम्प्लेक्स पनि राणा प्रधानन्यायाीश भएपछि सेटिङकै रकमले निर्माण गरेका हुन् । सोही कम्प्लेक्समा रहेको प्रभुशमशेरको कार्यालयमा अहिले सहकारीमा बचतकर्ताको १६ अर्ब ठगी गरेका सुधीर बस्नेतदेखि क्यासिनोको करोडौं कर नतिर्ने तप्त बिष्टहरु भेटिन्छिन् । प्रभुशम्शेरले दाजु अदालत प्रवेशपछि मुद्दा सेटिङबाट करोडमा होइन, अरबमा सम्पत्ति थुपारिसकेका छन् ।

    दाजुको कार्यकाल १३ महिनामात्रै रहेको र भ्रष्टाचार र अधिक शक्तिको दुरुपयोगका कारण उनको पद नै संकटमा परेपछि प्रभुले सेटिङबाट जोडेको अत्यधिक सम्पत्ति दुबई र अमेरिकातिर पठाउन थालेको स्रोतको दावी छ ।

    उनीसँग भएको चल अचल सम्पत्तिलाई सुरक्षित विदेश पठाउन माध्यम खोजिरहेका छन्।  प्रभुले बालुवाटारको २२ आना जग्गा हालसालै बिक्री गरिसकेका छन् भने कालिकास्थानको सिल्भरसिटी अपार्टमेन्टका २ खण्ड पनि उनले ८ करोडमा बिक्री गरिसकेका छन् ।

    स्रोतका अनुसार  भण्डारीले नै केही महिनाअघि सिल्भरसिटीको उक्त अपार्टमेन्ट प्रभुशमशेरबाट खरिद गरेका छन् ।

    उनले प्रभुशमशेरलाई रकम पनि उतै ब्यवस्थापन गरिदिएका छन् ।

    पहिला भाटभटेनी डिमार्टमेन्टर स्टोर्सका संचालक मीनबहादुर गुरुङमार्फत् नेपालबाट सम्पत्ति विदेश लाने काम गर्दैआएका प्रभुले बालुवाटारको २२ आना जग्गा बेचेर आएको रकम पनि  अमेरिकास्थित आफ्ना मानिससम्म पुर्याइसकेको स्रोतको दावी छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार