Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • शाहरुख खानलाई झटारो, ‘लागुपदार्थ दुर्व्यसनीका बाबु मुख लुकाएरै घुम्छन्’

    शाहरुख खानलाई झटारो, ‘लागुपदार्थ दुर्व्यसनीका बाबु मुख लुकाएरै घुम्छन्’

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । बलिउड बादशाह शाहरुख खानको खराब समय चलिरहेको छ। छोरा आर्यन खान ड्रग्स प्रकरणमा पक्राउ परेपछि शाहरुख खान र उनको परिवार बाहिर खुल्न सकेको छैन।

    यद्यपी, आर्यन जमानतमा रिहा भइसकेका छन्। छोराकै कारण शाहरुख आफ्ना फ्यान र पापराजीबाट बचेर हिँड्न थालेका छन्। आइतबार मुम्बईको एक प्राइभेट एयरपोर्ट बाहिर उनी लुक्दै गरेको देखियो। पापराजीबाट बच्न उनी कालो छातामा लुकेर गाडीभित्र पसेका थिए।



    बलिउड पापराजी विरल भयानीले आइतबार सामाजिक सञ्जाल इन्स्टाग्राममा एयरपोर्ट बाहिरको एक भिडियो राखेका छन्। जहाँ शाहरुख छातामा लुकेर गाडीमा पसेको देख्न सकिन्छ। ‘शाहरुखको टिम दिल्लीबाट निकै जासुसी तरिकाले फर्किएको छ। कलिना एयरपोर्टको भिडियो हो, जहाँ उनको निजी विमान अवतरण भएको छ’, उनले लेखेका छन्।



    यो भिडियो सार्वजनिक हुनासाथ सामाजिक सञ्जाल प्रयोगकर्ताले शाहरुखलाई ट्रोल गरेका छन्। एक प्रयोगकर्ताले ‘छोराको क्रियाकलापले मुख लुकाएर आउने जाने गरिरहनु परेको छ’ भन्दै लेखेका छन्।

    अर्का प्रयोगकर्ताले ‘लागुऔषध दुर्व्यसनीको पिता मुख छोपेरै घुम्छन्’ भनी लेखेका छन्। केहीले भने अभिनेतालाई ‘लागुऔषधवाला’ र ‘दुर्व्यसनी’ भनेर बोलाएका छन्।

     

    View this post on Instagram

     

    A post shared by Viral Bhayani (@viralbhayani)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार