Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ला लिगामा सनसनी मच्चाउँदै रियल सोसिडाड, पुनः शीर्षस्थानमा फर्कियो

    ला लिगामा सनसनी मच्चाउँदै रियल सोसिडाड, पुनः शीर्षस्थानमा फर्कियो

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । स्पानिस ला लिगाको अंक तालिकाको शीर्षस्थानमा रियल सोसिडाडले पुनरागमन गरेको छ। आइतबार राति भएको खेलमा ओसासुनालाई २–० ले पराजित गर्दै सोसिडाड शीर्ष स्थानमा उक्लिएको हो।

    सोसिडाडको जितमा मिकेल मेरिनो र एडनान जानुजाईले गोल गरेका थिए। दुबै गोल दोस्रो हाफमा सम्भव भए। मेरिनोले ७२औं र जानुजाईले ८२औं मिनेटमा गोल गरेका थिए। जितपछि १३ खेलबाट २८ अंक जोडेको सोसिडाडले रियल मड्रिडलाई १ अंकले पछि पारेको छ ।



    यस्तै अर्को खेलमा १० खेलाडीमा समेटिएको रियल बेटिसलाई २–० ले पराजित गर्दै सेभियाले रियलसँग अंक बराबरी गरेको छ। सेभियाको जितमा मार्कुस अकुनाले एक गोल गरे भने बेटिसका हेक्टर बेलारिनले आत्मघाती गोल गरे। बेटिसका गुइडो रोड्रिगेजले ४५औं मिनेटमा रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो।



    जितपछि रियल समान अंक जोडेको सेभिया गोल अन्तरमा पछि पर्दै तेस्रो स्थानमा छ। एट्लेटिको मड्रिडले भ्यालेन्सियासँग ३–३ गोलको बराबरी गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार