Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • रुसमा पछिल्लो २४ घण्टामा ३९ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

    रुसमा पछिल्लो २४ घण्टामा ३९ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । रुसमा पछिल्लो २४ घण्टामा ३९,४०० कोभिड–१९ नयाँ सङ्क्रमितहरू फेला परेका छन् । यो सँगै कुल सङ्क्रमितको सङ्ख्या ८,८३४,४९५ पुगेको आधिकारिक अनुगमन तथा प्रतिक्रिया केन्द्रले सोमबार जानकारी दिएको छ।

    यसैबीच कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १,१९० ले बढेर २,४८,००४ पुगेको छ भने निको हुनेको संख्या २५,५८२ ले बढेर ७,५८७,५६० पुगेको छ।



    त्यसैगरी राजधानी मस्कोमा पछिल्लो २४ घण्टामा ४,९८२ नयाँ सङ्क्रमितहरू फेला परेका छन् । यो सँगै राजधानीमा मात्र सङ्क्रमितको सङ्ख्या १,८६६,६०६ पुगेको छ।
    पछिल्लो जानकारी अनुसार छ करोड भन्दा बढी रूसी नागरिकहरूले कम्तिमा एक मात्रा खोप लगाएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार