Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • रिक्सा ड्राइभरसँग भागेकी करोडपतिकी श्रीमती पैसा सकिएपछि फर्किइन्

    रिक्सा ड्राइभरसँग भागेकी करोडपतिकी श्रीमती पैसा सकिएपछि फर्किइन्

    अनलाइन नेपाल
  • बुधबार, २४ कार्तिक २०७८
  • 3.2K
    SHARES

    एजेन्सी । छिमेकी देश भारतको मध्य प्रदेशस्थित इन्दौरकी एक करोडपतिकी श्रीमती भारी पैसा लिएर प्रेमीसँग भागेको केही दिनपछि पुन: फर्किएर आएकी छिन्।

    रिपोर्टका अनुसार ४५ बर्षिया ती महिला केही दिनअघि ४७ लाख भारतीय रुपैयाँ (७५ लाख नेपाली रुपैयाँ) लिएर भागेकी थिइन् ।



    उनी सोमबार राती घर फर्किएकी हुन् । फर्किएकी महिलाले अब आफू पुरानै पतिको साथमा बस्न चाहेको बताएकी स्थानीय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।



    फर्केकी ती महिला साथमा लगेको पैसा सकिएपछि फर्किएर घर आएकी बताइएको छ । फर्किएकी महिलाले पुलिसमा गएर बयान पनि दर्ता गराएकी छिन् । उनका प्रेमी अटो ड्राइभर रहेका छन् तर उनी भने सम्पर्कमा नरहेको समाचारमा उल्लेख गरिएको छ ,

    पुलिसले ती महिलाले लिएर भागेको पैसामध्ये ३४ लाख भने बरामद गरिसकेको छ । प्रहरीका अनुसार गत १३ अक्टोबरका दिन ती महिला ४७ लाख रुपैयाँ लिएर १३ वर्ष कान्छा अटो ड्राइभरसँग भागेकी थिइन् । उनका पति करोडपति घरजग्गाको कारोबार गर्ने भएको बताइएको छ ।

    आरोपी अटो ड्राइभरले ३४ लाख रुपैयाँ आफ्ना साथीहरुलाई दिएको र त्यो पैसा भने प्रहरीले बरामद गरिसकेको जनाएको छ ।

    सोमबार आफैं पुलिसकहाँ उपस्थित भएकी महिलाले बयानका क्रममा बताएअनुसार घरबाट पैसा लिएर भागेपछि उनले एउटा स्विफ्ट डिजायर ट्याक्सी भाडामा लिएर घुम्न निस्के ।
    उनीहरुसँग पैसा सकिएपछि करिब १ महिनापछि महिला फर्किएर आएकी छिन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार