Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’को शुभारम्भ

    ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’को शुभारम्भ

    अनलाइन नेपाल
  • बिहिबार, २५ कार्तिक २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । भारतीय दूतावासको आयोजनामा ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली’ को शुभारम्भ गरिएको छ।

    स्वतन्त्र भारतको ७५ वर्ष र भारतीय जनताको उल्लेखनीय प्रगतिको इतिहासको स्मरण तथा उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत काठमाडौंस्थित भारतीय दूतावासले रोयल इनफिल्ड काठमाडौंसँगको सहकार्यमा यस र्यालीको आयोजना गरेको हो ।



    बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा भारतीय राजदूत विनय मोहन क्वात्राले पशुपतिनाथ मन्दिरबाट उक्त र्यालीको संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।



    दुतावासका अनुसार र्यालीमा करिब ५० भारतीय तथा नेपाली मोटरसाइकल प्रेमीहरुको सहभागीता रहेको थियो ।

    भारत र नेपालबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने र्यालीको उद्देश्यसहित योजना गरिएको उक्त र्यालीले दुई देशका साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका बारेमा युवाहरुमाझ जनचेतना फैलाउने बताइएको छ।

    शुभारम्भ कार्यक्रममा मन्त्री आलेले भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्पदा र सभ्यताको सम्बन्धको बारेमा बताउनुका साथै मोटरसाइकल ¥यालीका सहभागीहरुलाई यात्राको सफलताको लागि शुभकामना दिएका थिए ।

    य,स्तै भारतीय राजदूत क्वात्राले काठमाडौं र काशीबीच विशेष सम्बन्ध रहेको र दुई देशका जनतालाई अझनिकट ल्याउन पशुपतिनाथ र काशी विश्वनाथ जस्ता प्राचीन मन्दिरले महत्वपुर्ण भूमिका खेलेको बताए।

    दूतावासका अनुसार र्यालीका सहभागीहरुले कार्तिक २७ गते वनारसमाअवस्थित काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाई एवम् स्वच्छताको सन्देश फैलाउन दशाश्वमेध घाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार