Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • काठमाडौंमा गुण्डागर्दी बढ्यो, दिउसै खुकुरी प्रहार गर्ने लामालाई प्रहरी संरक्षण !

    काठमाडौंमा गुण्डागर्दी बढ्यो, दिउसै खुकुरी प्रहार गर्ने लामालाई प्रहरी संरक्षण !

    अनलाइन नेपाल
  • बिहिबार, २५ कार्तिक २०७८
  • 6.1K
    SHARES

    काठमाडौं । काठमाडौंमै दिनदहाडै खुकुरी प्रहार हुँदा पनि प्रहरीले गुण्डागर्दीमा संलग्नहरुलाई पक्राउ गर्न सकेको छैन । कात्तिक १८ मा सुकेधाराको युनिभर्सल क्याफेमा दिउँसै खुकुरी र खुँडा प्रहार हुँदा ओखलढुंगाको सुनकोशी माध्यामिक विद्यालयका अध्यक्ष सुदर्शन सापकोटा गम्भिर घाइते भएका थिए । सापकोटामाथि ओखलढुंगा नै घर भई बौद्ध जोरपाटी बस्दै आएका बुद्धबहादुर तामाङ (बुद्ध लामा)को समूहले सामान्य विवादमा संघातिक आक्रमण गरेको थियो । सापकोटा नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् ।

    घटनापश्चात सापकोटाले महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा जाहेरी दिए पनि प्रहरीले आक्रमणकारी लामालाई पक्राउ गर्न सकेको छैन । लामा विभन्न अपराधमा मुछिदै आएको प्रहरी रेकर्डमै उल्लेख छ । उनलाई अहिले सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले संरक्षण गरिरहेको सापकोटाले आरोप लगाएका छन् । सापकोटा भने युवा संघमा आवद्ध छन् ।



    सापकोटामाथि सुनकोशी गाउँपालिका–२ ओखलढुंगा घर भई हाल बौंद्ध नयाँबस्ती बस्ने ४० बर्षीय बुद्ध लामाको नेतृत्वमा १०–१२ जनाको समूहले आक्रमण गरेको थियो । लामाले आक्रमण गर्दा पेस्तोल समेत देखाएको सापकोटाले बताएका छन् । घटनापछि महानगरिय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी अशोक सिंहले प्रहरी टोली परिचालन गरी लामालाई खोजी गरिरहेको बताएका थिए । तर, एक साता वितिसक्दा पनि मोवाइल अन गरेरै हिडिरहेका लामा अझै पक्राउ पर्न नसक्नुले प्रहरीमाथि नै शंका उब्जिएको छ ।



    लामालाई पक्राउ नगर्न ओखलढुंगाकै कांग्रेसका केही नेताहरुले गृहमन्त्री बालकृष्ण खाँडको नाम लिएर दबाद दिएको स्रोत बताउँछ । लामा यतिबेला ओखलढ्ंगा कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवार भन्दै फेसबुकमै प्रचार गरिरहेका छन् । बालकृष्ण खाँण गृहमन्त्री भएपछि नेपाली कांग्रेसको आवरणमा गुण्डागर्दी बढिरहेको सबैतिरबाट गुनासो आउन थालेको छ ।

    बुद्ध लामा यसअघि पनि ज्यानमार्ने उद्योगमा बौद्ध प्रहरी बृत्तबाट पक्राउ परी छुटेका अभियुक्त हुन् । उनी पटक पटक अपराध गर्दै पक्राउ पर्देै आएका छन् । लामाको समूहले २०६६ साल असोज ४ गते मध्यराती काठमाडौंको जोरपाटीमा श्रीबहादुर योगीलाई धारिलो हतियार खुकुरी र तरबार प्रहार गरी ज्यान मार्न खोजेको थियो । त्यतिबेला होहल्ला भएपछि लामाको समूहले योगीलाई घाइते बनाई ४० हजार बराबरको धनमाल लुटेर लगेको थियो । बौद्ध प्रहरीमा २०६६ साल असोज ७ गते लामाको समूहविरुद्ध जाहेरी परेको थियो । जुन कुरा प्रहरी रेकर्डमै उल्लेख छ । उक्त घटना हुँदा लामाको समूहमा ओखलढुंगाकै विकास लामा र सुवास लामा रहेका थिए ।

    त्यसैगरी, २०६८ साल माघ १७ गते बौद्धस्थित सार्वजनिक स्थानमा हतियारसहित होहल्ला गरेको घटनामा पनि लामा संलग्न रहेको प्रहरी रेकर्डमा उल्लेख छ ।

    त्यस्तै, २०७० साल भदौ २९ गते जोरपाटीमै भएको अर्को घटनामा पनि बुद्ध लामा मुछिएका थिए । उनको समूहले कमला शाहीमामथि ज्यान मार्ने उद्देश्यले कुटपिट गरी सख्त घाइते बनाएको थियो । लामाको समूहमा रहेका काभ्रेका सम्बेनबहादुर तामाङ, सिन्धुपाल्चोकका वाङ्चु लामा, सिन्धुलीका मोहन लामा, ओखलढुंगाका विकास लामा र दिलु लामाले सँगै मिले उक्त घटना गराएका थिए ।

    लामामाथि २०७४ सालको चुनावमा ओखलढुंगाकै एक गाउँपालिका अध्यक्षका उम्मेदवार ज्ञानबहादुर खड्का (जीबी) माथि पनि धारिलो हतियार प्रायोग गरी ज्यान मार्न खोजेको अभियोग लागेको थियो । तर, त्यतिबेला खड्काले भागेर ज्यान बचाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार