Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • दिल्लीमा अफगानिस्ताबारे क्षेत्रीय सुरक्षा बैठक: समावेशी सरकार गठन गर्न तालिबानलाई आग्रह

    दिल्लीमा अफगानिस्ताबारे क्षेत्रीय सुरक्षा बैठक: समावेशी सरकार गठन गर्न तालिबानलाई आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, २५ कार्तिक २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न अफगानिस्तानबारे क्षेत्रीय सुरक्षा बैठकले अफगानिस्तानमा समावेशी सरकार गठन गर्न तालिबानसँग आग्रह गरेको छ।

    बुधबारदेखि सुरु भएको दुई दिने बैठकमा रुस, इरान, ताजिकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, काजाकिस्तान र किर्गिस्तानलगायतका प्रमुखहरु सहभागी भएका थिए।



    बैठकपछि अफगानिस्तानबारे घोषणापत्र जारी गर्दै सहभागी ती देशका प्रतिनिधिले सो आग्रह गरेका हुन् । सात देशका राष्ट्रिय सुरक्षा सल्लाहकार सहभागी बैठकले महिला, बालबालिका र अल्पसंख्यक समुदायको आधारभूत अधिकार सुनिश्चित गर्न पनि अफगान सरकारसँग आग्रह गरेको छ ।



    तालिवानले अगस्टमा काबुल कब्जा गरेपछिको सुरक्षा अवस्थाबारे बैठकमा समीक्षा गरिएको थियो । सरकारमा राजनीतिक शक्तिसहित समाजका विभिन्न पक्षको सहभागीता हुनुपर्ने र यसले सम्पूर्ण अफगानीको प्रतिनिधित्व गर्ने दिल्ली घोषणापत्रमा उल्लेख छ ।

    १५ अगस्टमा अफगानिस्तानको सत्तापलट गरेको तालिबानले त्यहाँको अल्पसंख्यक हजरा समुदायलाई सरकारमा सहभागी गराएको छैन् । त्यस्तै, मन्त्रिपरिषद्मा महिलाको उपस्थिति शून्य छ । तालिबानले महिला मन्त्रालय नै खारेज गरिदिएको छ ।

    बैठकमा चीन र पाकिस्तान भने सहभागी भएका थिएनन्। भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले बैठकको अध्यक्षता गरेका थिए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार