Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मणिपाल अस्पतालको शेयर दिन्छु भन्दै ५० लाख ठगी गर्ने भारतीय नागरिक पक्राउ

    मणिपाल अस्पतालको शेयर दिन्छु भन्दै ५० लाख ठगी गर्ने भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २५ कार्तिक २०७८
  • 2K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले मेडिकल व्यवसायी हुँ भन्दै ५० लाख ठगी गरेको आरोपमा भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा भारत तामिलनाँडु राज्य, काडमबक्कम, चेन्नई घर भइ हाल काठमाडौँ बालुवाटार बस्ने ४४ बर्षीय शिवम विरुमुथु चेटियार रहेका छन्। चेटियारलाई महाशाखाबाट खटिएको प्रहरीको विशेष टोलीले बालुवाटारबाट पक्राउ गरेको हो।



    महाशाखाका अनुसार पक्राउ परेका चेटियारले आफु मेडिकल व्यवसायी रहेको र पोखराको मणिपाल अस्पताल खरिद गर्ने भारतीय शेयर होल्डरहरुसँग पनि राम्रो चिनजान रहेको भन्दै बिभिन्न ब्यक्तिहरुलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाएर लाखौं ठगी गर्ने गरेका थिए।



    उनले उक्त अस्पतालमा पार्टनरसिपमा कुराकानी भइरहेको र सम्झौताका लागि एग्रिमेन्टको ड्राफ्ट समेत तयार गरेर ती व्यक्तिहरुको जमिनको लालपूर्जा समेत नियन्त्रणमा लिएको प्रहरीको अनुसन्धानमा खुल्न आएको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए ।

    एसपी कोइरालाका अनुसार चेटियारले नेपालस्थित बिभिन्न बैंक तथा बित्तिय संस्थामा आफ्नो नाममा संस्थापक शेयर रहेको भनि झुट्टा कागजात तथा बिवरण देखाई ठगी गर्ने गरेका थिए ।

    साथै, उनले नक्कली परिचय पत्र देखाई नेपाल सरकारका उच्च अधिकारीसगँ समेत निकट सम्बन्ध कायम रहेको देखाउने, बिभिन्न ब्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्र आफ्नो साथमा राखि सो नागरिकतामार्फत बैंक खाता संचालन गर्दै ठगीमार्फत रकम असुल्ने गरेको एसपी कोइरालाको भनाइ छ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनले बिभिन्न ब्यक्तिबाट पटक पटक गरि पचास लाख ठगी गरेको देखिएको महाशाखाले जनाएको छ। पक्राउ परेका उनलाई आवश्यक थप अनुसन्धानका लागि बिहीबार महानगरीय प्रहरी परिसर, टेकु पठाईएको एसपी कोइरालाले बताए ।

    मंगलबार पक्राउ परेका उनी यसअघि पनि २०७२ जेठ २२ गते बैदेशिक रोजगारसम्बन्धी कसुरमा डिल्लीबजार कारागारमा २ बर्ष कैद तथा ३ लाख ५० हजार जरिवाना तिरेर रिहा भएको प्रहरीको रेकर्ड रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार