Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पल र पूजा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ माघ १९ गतेबाट प्रदर्शनमा आउने

    पल र पूजा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ माघ १९ गतेबाट प्रदर्शनमा आउने

    अनलाइन नेपाल
  • बिहिबार, २५ कार्तिक २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ माघ १९ अर्थात फेब्रुअरी २ देखि प्रदर्शन हुने भएको छ ।

    फिल्मका निर्देशक सुदर्शन थापाले उक्त मितिबाट फिल्म हलहरुमा लाग्ने जानकारी दिएका छन् ।



    ‘म यस्तो गीत गाउँछु २’ प्रेमकथामा आधारित फिल्म हो । त्यसकारण फिल्मको रिलिज मिति प्रेम दिवससँम मेल गराइएको हो । यस अगाडि वि.सं २०७६ फागुन ३० गते रिलिज हुने तरखरमा रहेको फिल्म कोरोनाको कारण रिलिज हुन भने सकेको थिएन ।



    निर्माण युनिटले फिल्मको एक नयाँ पोष्टर समेत अहिले सार्वजनिक गरेको छ । सुदर्शन थापा र पूजा शर्माको निर्माण रहेको फिल्मका सह–निर्माता जन्म जय सम्पाङ राई हुन् ।

    फिल्ममा पूजा शर्मा, पल शाह, हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतको मुख्य भूमिका छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार