Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बागमती प्रदेशमा लामा स्वास्थ्यमन्त्री, जम्मकट्टेल अर्थमन्त्री

    बागमती प्रदेशमा लामा स्वास्थ्यमन्त्री, जम्मकट्टेल अर्थमन्त्री

    अनलाइन नेपाल
  • बिहिबार, २५ कार्तिक २०७८
  • 1.8K
    SHARES

    हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दिउँसो मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेललाई आर्थिक मामिला तथा योजना र नेपाली कांग्रेसका निमा लामालाई स्वास्थ्य मन्त्री बनाएका हुन् ।

    नव नवनियुक्त दुबै मन्त्रीले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । जम्मकट्टेल यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेका थिए ।



    नेकपा माओवादीका एक सांसदका अनुसार प्रदेश सरकारले पूरक बजेट ल्याउने तयारी गरेकोले आर्थिक मामिला मन्त्रालय जम्मकट्टेल लिएका हुन् । लामा पहिलो पटक मन्त्री बनेका हुन् ।



    यसअघि मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, नेकपा माओवादी केन्द्रका संसदीय दलकी उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका छन् ।

    भँडेल भौतिक पूर्वाधार, मोक्तान सामाजिक विकास र खनाल आन्तरिक मामिला तथा कानुन मन्त्री छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार