Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ओलीले प्रधानन्यायाधीश जबराको राजीनामा माग्नु ‘वाहियात’ कुरा : अध्यक्ष नेपाल

    ओलीले प्रधानन्यायाधीश जबराको राजीनामा माग्नु ‘वाहियात’ कुरा : अध्यक्ष नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, २५ कार्तिक २०७८
  • 936
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्नु वाहियात कुरा भएको बताएका छन् ।

    उनले जबरको बचाउ गर्दै संसद पुनर्स्थापनाको फैसला गरेर राम्रो काम गरेको बताएका छन् । ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको कुरै नगर्नुहोस्, राम्रो काम गर्ने प्रधानन्यायाधीश, न्यायाधीश, वकिल, बुद्धिजीवि, पत्रकार र उहाँलाई साथ नदिने सबैको ओलीजी विरोधी हुनुहुन्छ,’ उनले भने।



    अध्यक्ष नेपालले न्यायालयका बारेमा जहाँ पायो त्यहीँ कुरा गर्न नहुने भन्दै न्यायालय संवेदनशील निकाय भएको बताए । उनले न्यायालयमा देखिएको समस्या हल गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयास गरिरहेको हुनसक्ने पनि उल्लेख गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार