Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • जाडोमा स्वास्थ्यको हेरचाह कसरी गर्ने ?

    जाडोमा स्वास्थ्यको हेरचाह कसरी गर्ने ?

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । जाडो दिनदिनै बढेको छ । जाडोले मानिसको दैनिकी निकै कष्टकर बन्दै गएको छ।

    जाडोमा विभिन्न प्रकारका स्वास्थ्य समस्याहरू देखापर्ने गर्छ । यो समयमा आफ्नो स्वास्थ्यको हेरचाह गर्न निकै जरूरी हुन्छ । जाडोमा आफूलाई न्यानो राख्नका लागि तात्तातो चिया, सुप पिउनु पर्छ । जाडोमा स्वास्थ्यको हेरचाह यसरी गर्न सकिन्छ ः



    –झोलिलो खानाकुराहरू जस्तै ,सुप र तातो पानी खाने ।

    –जाडो मौसममा भिटामिन सी भएको फलफूल र तरकारी खाने

    –कुनै किसिमका रोग छ भने खानेकुरामा पनि विशेष ध्यान दिने

    –सामान्यतया जाडो मौसममा रुघाखोकी र ज्वरो आउने सम्भावना बढी हुनाले यो सँग लड्नका लागि आफ्नो खानामा कालो मरिच खान आवश्यक हुन्छ

    –चिसो मौसममा अदुवाले फाइदा पुर्याउने हुनाले चियामा अदुवा राखेर खाने

    – पालुङ्गोको साग खाने (पालुङ्गोमा एन्टिअक्सिडेन्ट ,भिटामिन र मिनरल पाइने यसले प्रतिरोधात्मक बढाउछ)

    –कम चिनी हालिएको गाजरको खीर खाने । (जाडोमा गाजरको सेवन गर्नु स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक हुन्छ)

    –बालबालिका तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम आदिको सेवन नगर्ने

    –जाडोमा कोलेस्ट्रोल बढ्ने हुनाले धेरै चिल्लो, तारेको खाना नखाने

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार