Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • रेडियो नेपालमा इन्जिनियरदेखि संवाददातासम्मलाई जागिर खुल्यो

    रेडियो नेपालमा इन्जिनियरदेखि संवाददातासम्मलाई जागिर खुल्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । रेडियो नेपाल अर्थात् रेडियो प्रसार सेवा विकास समितिले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । रेडियोले लोकसेवा आयोगको सहमतिमा शुक्रबार विज्ञापन आह्वान गरेको हो । रेडियो नेपालले ३ जना इन्जिनियर, २ प्रशासकीय अधिकृत, २ लेखा अधिकृत माग गरेको छ ।

    त्यस्तै, १९१ जना व्यापार अधिकृत, कार्यक्रम अधिकृत, गायनरवाद्य संयोजक, सम्पादक (नेपाली), संवाददाता, प्रधान सहायक, लेखापाल र वरिष्ठ व्यापार सहायकका लागि पनि विज्ञापन आह्वान भएको छ । रेडियो नेपालले ७ जना वरिष्ठ प्राविधिक सहायक र २ वरिष्ठ कार्यक्रम सहायकका लागि विज्ञापन खुलाएको छ ।



    १–१ वाद्यवादक, समाचार वाचक (नेपाली), कार्यालय सहायक, सहायक लेखापाल र कार्यक्रम सहायकका लागि अवसर छ । रेडियो नेपालले १० जना प्राविधिक सहायक पनि माग गरेको छ । योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार