Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मेयर द्वारिकलालले गरे एमाले छाड्ने संकेत, माधव नेपालसहितका नेताहरुलाई घरमै बोलाएर गरे भव्य पार्टी

    मेयर द्वारिकलालले गरे एमाले छाड्ने संकेत, माधव नेपालसहितका नेताहरुलाई घरमै बोलाएर गरे भव्य पार्टी

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 1K
    SHARES

    सुनसरी । इटहरीका मेयर द्वारिकलाल चौधरीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई लन्च पार्टी दिएका छन् ।

    नेकपा एमाले सुनसरीको नेतृत्वकाबारे असन्तुष्ट रहेका चौधरीले शुक्रबार नेकपा (एस)का अध्यक्ष नेपाल, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलगायतका नेतालाई घरमै डाकेर भोज खुवाएका हुन् ।



    स्रोतका अनुसार मेयर चौधरीले आफ्नो इटहरी लबिपुरस्थित घरमा खसीको मासु, लोकल कुखुराको मासु र माछाका विभिन्न परिकारले सत्कार गरेका हुन् ।



    मेयर चौधरीले दुई दिनअघि मात्र एमाले जिल्ला कमिटी सुनसरीको बैठक विधि, पद्धतिअनुसार नचलेको भन्दै अध्यक्षको माइक खोसेका थिए ।

    चौधरीले एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिनका लागि आजको पार्टी आयोजना गरिएको उनी निकट स्रोतको भनाइ छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार