Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मेसीको राष्ट्रप्रेम : घुँडामा समस्या हुँदाहुँदै पनि विश्वकप छनोट खेल्न तयार

    मेसीको राष्ट्रप्रेम : घुँडामा समस्या हुँदाहुँदै पनि विश्वकप छनोट खेल्न तयार

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । फुटबलर लियोनल मेसीको विषयमा अर्जेन्टिना र फुटबल क्लब पेरिस सेन्ट जर्मनबीच टकराव भएको छ।

    घुँडाको समस्याका कारण पिएसजीको केही खेल गुमाएका मेसीले विश्वकप छनोटमा अर्जेन्टिनाबाट खेल्न भएपछि उनको देश र क्लबबीच एक किसिमको तनावको स्थिति बनेको हो।



    अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले राष्ट्रिय टोलीले मेसीलाई बोलाउन पाउने अधिकार रहेको जवाफ फर्काएका छन्। यद्यपी आफूले खेलाडीको व्यस्ततासँगै पिएसजीको निराशालाई बुझेको उनको प्रतिक्रिया छ।



    मेसीले घुँडाको समस्याका कारण च्याम्पियन्स लिगमा आरबी लेइपजिग र लिग वानमा बोर्डेयक्ससँगको खेल गुमाएका थिए। तर पिएसजीले खेलाडी पूर्णरुपमा फिट नभएपनि टोलीमा राखेको भन्दै आपत्ति जनाएको थियो।

    ‘पिएसजीका खेल निर्देशक लियोनार्दोसँग राम्रो सम्बन्ध छ। तर फिफाले खेल तालिका जसरी बनाएको छ त्यसलाई बुझ्न जरुरी छ। राष्ट्रिय टोलीमा मेसीको आफ्नै लगाव छ। उनी उपलबध छन् भने बोलाउनका लागि हामीलाई कुनै शंकोच रहने कुरा भएन। इतिहासलाई हेर्दा युरोपका क्लबहरुमा यो समस्या देखिएको छ,’ स्कलोनीले भने।

    मेसीको नाम अर्जेन्टिनाको स्क्वाडमा समेटिएपछि पिएसजीका खेल निर्देशक लियोनार्दोले आपत्ति जनाएका थिए। ‘हामी खेलाडीलाई छनोट खेल्न जान दिने कुरामा सहमत छैनौं।

    शारिरीक रुपमा समस्यामा रहेका खेलाडी जो विस्तारै निको भइरहेका छन्, उनलाई टोलीमा राखिनु उचि छैन,’ लियोनार्दोले भनेका थिए, ‘यो लजिकल भएन।’

    उता मेसीले भने आफैं देशका लागि खेल्ने चाहना देखाएका थिए। जसका कारण उनलाई उरुग्वेविरुद्धको टोलीमा समावेश गरिएको थियो। धेरैले यसलाई मेसीको राष्ट्रप्रेमका रुपमा व्याख्या गरेका छन्। पूर्णरुपमा निको नभए पनि उनले विश्वकप छनोट खेल्ने निर्णय गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार