Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेकपा समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट सुरु, एजेण्डा के ?

    नेकपा समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट सुरु, एजेण्डा के ?

    अनलाइन नेपाल
  • शनिबार, २७ कार्तिक २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको पूर्ण बैठक आजबाट सुरु हुँदैछ ।

    आइतबारसम्म चल्ने बैठकका एजेण्डा शुक्रबार नै तय भइसकेका छन् ।



    शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको आठौं बैठकले केन्द्रीय कमिटीमा पेस गर्ने एजेन्डा तय गरेको थियो ।



    पार्टीको केन्द्रीय सचिवालयका अनुसार आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइने कार्यक्रम रहेको छ।

    त्यस्तै, प्रदेश १ र बागमतीका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुने बताइएको छ ।

    यसैगरी भोलि आइतबार केन्द्रीय सचिवालय र कार्यालयबाट भएका कामको अनुमोदन हुनेछ । बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार