Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बारको आन्दोलनलाई लक्षित खगेन्द्र संग्रौलाको ट्वीट- चोरबाटो पनि छेकेउ भने चोलेन्द्रले हेलिकप्टरबाट सर्वोच्चमा इन्ट्री गर्छन्

    बारको आन्दोलनलाई लक्षित खगेन्द्र संग्रौलाको ट्वीट- चोरबाटो पनि छेकेउ भने चोलेन्द्रले हेलिकप्टरबाट सर्वोच्चमा इन्ट्री गर्छन्

    अनलाइन नेपाल
  • शनिबार, २७ कार्तिक २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । बरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले न्यायालय विवाद प्रकरणमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कटाक्ष हानेका छन्।

    नागरिक समाजका अगुवा समेत रहेका संग्रौलाले शुक्रबार सर्वोच्च परिसरमा भएको नेपाल बार एशोसिएशनको धर्ना र प्रधानन्यायाधीस जबराको सर्वोच्च प्रवेशलाई लिएर कटाक्ष गरेका हुन्।



    शनिबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, आन्दोलनरत बारका न्यायाधीशहरुले जबरालाई सर्वोच्च प्रवेशमा रोक्नका लागि चोरबाटो पनि छेके भने चोलेन्द्र हेलिकप्टरमा प्रवेश गर्न सक्ने उल्लेख गरेका छन्। शुक्रबार बारले सर्वोच्चको गेटमा प्रदर्शन गरिरहँदा जबरा चोरबाटोबाट सर्वोच्च छिरेका थिए।



    उनले अघि लेखेका छन्, ‘प्रधानन्याधीश जबराले न्यायालयलाई बङ्गुरालय नै बनाएर ऐतिहासिक योगदान गर्न लागेको आरोप समेत लगाएका छन्। ‘बरू प्राण त्याग गर्लान्, कुर्सी त्याग नगर्लान्,’ उनले लेखेका छन्, ‘चाेलेनले त न्यायालयलाई बङ्गुरालय नै बनाएर ऐतिहासिक याेगदान गर्ने भए गाँठ्ठे !’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार