Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पार्टी निकट पत्रकारहरुलाई माधव नेपालले भने- रक्सी पिएर आर्थिक प्रलोभनमा नपर्नू

    पार्टी निकट पत्रकारहरुलाई माधव नेपालले भने- रक्सी पिएर आर्थिक प्रलोभनमा नपर्नू

    अनलाइन नेपाल
  • शनिबार, २७ कार्तिक २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीनिकट पत्रकारहरूलाई रक्सी नखान आग्रह गरेका छन्।

    शनिबार समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पत्रकारहरूलाई रक्सी नखान आग्रह गरेका हुन्।



    ‘पाँच तारे होटल धाइधाई, कसैलाई नखाई निद्रै नलाग्ने बानी पक्कै छैन होला’, अध्यक्ष नेपालले भने, ‘यो कुरा थाहा पाए भने म राम्रो मान्ने छैन ।’



    अध्यक्ष नेपालले रक्सीले कसैलाई पनि फाइदा नगर्ने भन्दै आर्थिक प्रलोभनमा नपर्न समेत आग्रह गरे।

    ‘म सुझाव दिन्छु, रक्सीले मान्छेको स्वास्थ्य खतम पार्छ । आयु घटाउँछ । रोग निम्त्याउँछ, रोगी बनाउँछ’, रक्सी पिउन छाड्नुस।’

    अध्यक्ष नेपालले समाजवादी प्रेस संगठन नेपालको अध्यक्षतामा शम्भु श्रेष्ठलाई चयन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार