Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • घटेकै हो त कोरोना ? ८,२४३ जनाको परीक्षण गर्दा २९५ जनामा पुष्टि

    घटेकै हो त कोरोना ? ८,२४३ जनाको परीक्षण गर्दा २९५ जनामा पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, २७ कार्तिक २०७८
  • 996
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा ४७८ जना सङ्क्रमणमुक्त भएका छन्

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ पीसीआर परीक्षणमा २६० र ३ हजार १८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २९५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा जम्मा ८ हजार २४३ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।



    हाल देशभर ७ हजार २७८ जना सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ९७ हजार ९२६ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।



    नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । त्यस्तै, कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म देशमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४७१ को पुगेको छ । देशभर थप ३४ हजार ७१६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार