Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • दुर्लभ पेन्गुइनको ३,००० किलोमिटर यात्रा, एन्टार्टीकाबाट यसरी पुग्यो न्युजिल्याण्ड

    दुर्लभ पेन्गुइनको ३,००० किलोमिटर यात्रा, एन्टार्टीकाबाट यसरी पुग्यो न्युजिल्याण्ड

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । एन्टार्टीकाको एउटा पेन्गुइन कम्तीमा ३,००० किलोमिटर लामो यात्रा तय गर्दै न्युजील्यान्ड पुगेको छ।

    स्थानीय बासिन्दाहरूले पिङ्गु नाम दिएको उक्त पेन्गुइन एउटा समुद्र तटमा अलमलिएको अवस्थामा फेला परेको थियो।



    पहिलो पटक त्यो पेन्गुइनलाई देख्ने स्थानीय बासिन्दा ह्यारी सिंहले सुरुमा आफूलाई त्यो ‘खेलौना’ हो कि भन्ने लागेको बताए। सो प्रजातिको पेन्गुइन न्युजील्यान्डको तटमा फेला परेको यो तेस्रो घटना हो।



    यसरी भेटियो
    सिंह र उनकी पत्नी क्राइस्टचर्च सहरको दक्षिणमा रहेको बर्डलीङ्स फ्ल्याटस्थित समुद्र तटमा टहलिरहेका थिए।

    ‘सुरुमा मलाई यो एउटा खेलौना हो भन्ने लाग्यो। एक्कासि पेन्गुइनले टाउको हल्लायो र त्यसपछि मात्रै मलाई यो सक्कली हो भन्ने लाग्यो,’ सिंहले भने।

    उनले फेसबुकमा पोस्ट गरेको उक्त पेन्गुइनको भिडिओमा त्यो एक्लै र हराएको अनुभूति गरेको देखिन्थ्यो। ‘उसले एक घण्टासम्म हलचल गरेन… र थकित देखिन्थ्यो,’ सिंहले भने।

    त्यसपछि सिंह पेन्गुइन उद्धारकर्ताहरूलाई सम्पर्क गर्नतिर लागे। उक्त पेन्गुइन पानीतिर नगएका कारण अन्य जनावरको सिकार हुन सक्ने कुराले सिंह चिन्तित थिए।

    ‘हामी कुकर वा बिरोको पेटमा पेन्गुइन परोस् भन्ने चाहन्न थ्यौँ,’ उनले भने।

    पेन्गुइन पुनर्वासको व्यवस्थासम्बन्धी कार्यमा लागेका टमस स्ट्रयाकले सो पेन्गुइनको उद्धार गरे। एन्टार्टीकामा मात्रै पाइने प्रजातिको पेन्गुइन रहेको थाहा पाएपछि स्ट्रयाक चकित भए।

    पेन्गुइनको रक्त परीक्षण गर्दा उसको तौल केही कम रहेको र उसको शरीरमा पानीको मात्रा कम रहेको पाइएको थियो। त्यसपछि उसलाई फिडिङ ट्युबमार्फत झोल पदार्थ खुवाइएको थियो। (बीबीसीको सहयोगमा)

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार