Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट: उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दै छन् ।

अष्ट्रेलिया र न्युजिल्याण्डबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पहिलो पटक टी-ट्वान्टी विश्वकपको उपाधि उचाल्ने योजनामा उत्रने दुवै टोलीले अहिलेसम्म टी-ट्वान्टी विश्वकपको उपाधि उचाल्न सकेका छैनन् ।

अष्ट्रेलिया दोस्रो पटक टी-ट्वान्टी विश्वकपको फाइनल पुगेको हो । यसअघि सन् २०१० को संस्करणमा अष्ट्रेलिया फाइनल पुगेको थियो ।

न्युजिल्याण्ड भने पहिलो पटक फाइनल पुगेको हो ।

अष्ट्रेलियाले सेमिफाइनलमा  पाकिस्तानलाई ५ विकेटले हराएको थियो । यस्तै न्युजिल्याण्डले सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले नै हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077