Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भालुमारामा गुडिरहेको सेनाको ट्रक सडकबाट खस्यो, हाम्फालेर ज्यान जोगाए चालकले

    भालुमारामा गुडिरहेको सेनाको ट्रक सडकबाट खस्यो, हाम्फालेर ज्यान जोगाए चालकले

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 1.3K
    SHARES

    गोरखा । गोरखामा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ ।

    जिल्ला प्रहरी कार्यालय गोरखाका अनसार जिल्लाको भच्चेकमा तालिमको बन्दोबस्तीका समान पुर्‍याएर फर्कने क्रममा नेपाली सेनाको रिपुमर्दन गणको ट्रक दुर्घटना भएको हो।



    दुर्घटना भएको ट्रक सिरानचोक गाउँपालिका–५ स्थित भालुमारा सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएकोछ।



    आइतबार बिहान सरकारी नम्बर प्लेट लु १ ग १३९ नम्बरको ट्रक ब्रेक फेल भएर सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

    दुर्घटनामा चालकले चालकले हाम्फालेर ज्यान जोगाएका छन् । ट्रकमा सवारी चालक मात्र सवार थिए ।

    सडकबाट खसेको ट्रक झिक्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार