Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • विवाहको खबरले किन तनावमा परिन् कट्रिना ?

    विवाहको खबरले किन तनावमा परिन् कट्रिना ?

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलबीच विवाह हुन लागेको सञ्चारमाध्यमले जानकारी दिएका छन्। उनीहरुबीच यही डिसेम्बरमा विवाह हुने तय बताइएको छ।

    रिपोर्टका अनुसार विवाह राजस्थानको जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटलमा हुनेछ। हालैमात्र विक्की र कटरिनाको टिमका सदस्य होटलको व्यवस्था जाँच गर्न त्यहाँ पुगेका थिए। होटललाई ७ देखि १२ डिसेम्बरसम्मलाई बुक गरिएको बताइएको छ।



    यद्यपि, कटरिना र विक्की दुवैले आधिकारिकरुपमा विवाहको खबरलाई स्वीकार भने गरेका छैनन्। विवाहका लागि उनीहरूले कसैलाई निमन्त्रणा पनि पठाइसकेका छैनन्। यद्यपि, मिडिया रिपोर्टका अनुसार विवाहमा आउने पाहुनाहरूको सूची भने तयार भइसकेको छ।



    निजी जीवनमा ‘रिजर्भ’ रहने कटरिना विवाहको खबर बाहिरिएपछि तनावमा रहेको बताइएको छ। यसबीच बलिउडका कयौँलाई कटरिना र विक्कीले डिसेम्बर ७ देखि ९ तारिखसम्म आफूलाई फ्री राख्न आग्रह गरिसकेका छन्।

    यस सूचीमा अली अब्बास जफर, कबीर खान, करण जोहर, कियारा अडवाणी, सिद्धार्थ मलहोत्रा, मिनी माथुर र रोहित शेट्टीको नाम सामेल छ। यसको साथै वरुण धवन र नताशा दलाललाई पनि निमन्त्रणा गरिएको छ।

    मिडिया रिपोर्टका अनुसार विक्की र कटरिनाको इन्गेजमेन्ट निर्देशक कबीर खानको मुम्बई स्थित घरमा गोप्यरुपमा भएको थियो। यसमा विक्की र कटरिनाको परिवारका सदस्य मात्र सहभागी थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार