Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • पलको कार्यक्रममा पत्रकारलाई ‘नो इन्ट्री’, आफू अनुकूल समाचार लेख्नेलाई मात्र प्रवेश दिएको खुलासा

    पलको कार्यक्रममा पत्रकारलाई ‘नो इन्ट्री’, आफू अनुकूल समाचार लेख्नेलाई मात्र प्रवेश दिएको खुलासा

    अनलाइन नेपाल
  • सोमबार, २९ कार्तिक २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । नेपाली म्युजिक भिडियो तथा फिल्मी क्षेत्रका अभिनेता पल शाहले आफू उपस्थित एक कार्यक्रममा पत्रकारहरुलाई प्रवेश गर्न रोक लगाएको समाचार सार्वजनिक भएको छ ।

    प्राप्त समाचारका अनुसार गत शनिबार सोल्टीमोडस्थित पाँचतारे होटलमा पल अभिनीत म्यूजिक भिडियो सार्वजनिक कार्यक्रमको आयोजना गरिएको थियो ।



    उक्त कार्यक्रममा पल आउने खबर पाएपछि संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । तर, पलका नजिकका मानिने केही सञ्चारकर्मीबाहेक उक्त कार्यक्रममा अरुले प्रवेश पाएनन् ।



    कारण थियो, त उपस्थित संचारकर्मीहरुसंग निमन्त्रणाको कुनै कार्ड थिएन। उनीहरुलाई होटलको गेटमा बसेका गार्डले निमन्त्रणा कार्डविना प्रवेश गर्न नमिल्ने भन्दै फिर्ता पठाइदिएका थिए।

    पलले गीतको निर्माण टिमलाई आफ्नो बारेमा नराम्रो नलेख्ने र आफू अनुकूल प्रश्न गर्नेलाई मात्र कार्यक्रममा बोलाउन पत्रकारहरुको नामलिस्ट नै दिएको र सोही अनुरुप गीतको टिमले सीमित पत्रकारलाई मात्र निमन्त्रणा कार्ड पठाएको खुलासा भएको छ ।

    त्यसो त नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालको कार्यक्रममा सहजै प्रवेश पाउने पत्रकारहरुले अब पलको फिल्म वा म्यूजिक भिडियोको कार्यक्रममा जान निमन्त्रणा कार्ड पर्खिनु पर्नेछ । ‘उनको कार्यक्रममा जान पनि बिहेमा जस्तो निमन्त्रणा कार्ड चाहिने भएछ,’ एक संचारकर्मीले भने ।

    गीत सार्वजनिक हुनुभन्दा अगाडि नै ‘पलको कार्यक्रममा पत्रकारले प्रवेश पाएनन्’ भनेर सञ्चारमाध्यममा समाचार आइसकेका थियो । यस विषयमा पलले भने अनविज्ञता प्रकट गर्दै यस बिषयमा सत्यता नभएको बताए । तर, आफूलाई गीतको टिमले पत्रकारको नामलिस्ट देखाएको भने उनले स्वीकार गरे ।

    गायिका समीक्षा अधिकारीसँगको गोप्य सम्बन्धको बारेमा आएको खबरपछि पल पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए। पलले करोडौं रुपैयाँसम्म दिँदा पनि समीक्षाले पललाई नछाडेको र बिहेको लागि गोप्य लिखित सहमति भइसकको खबर बाहिर आएको थियो ।

    यद्यपि, पल र समीक्षा दुवैले यस विषयको खण्डन गर्दै यसमा सत्यता नभएको बताएका छन् । तर उनीहरु निकट मानिने केही व्यक्तिहरुले भने यसमा सत्यता रहेको दाबी गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार