Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

जितपछिको खुशियालीमा अष्ट्रेलियाली खेलाडीहरुले बियर जुत्तामा हालेर पिए, भिडियो बन्यो भाइरल (भिडियोसहित)

काठमाडौं । टी-२० विश्वकप २०२१ को उपाधि जितेका अष्ट्रेलियाली खेलाडीहरुले जितपछिको खुशियाली मनाउँदा अनौठो सेलिब्रेसन गरेका छन्। यतिबेला  उनीहरुले मनाएको खुशियालीको तस्बिर र भिडियो भाइरल भइरहेका छन् । अष्ट्रेलियाली खेलाडीहरुले मनाएको उत्सवको भिडियो आईसीसीले आफ्नो ट्विटर ह्यान्डलमा पोस्ट गरेको छ। अस्ट्रेलियाका खेलाडी म्याथ्यू वेड र मार्कस स्टोइनिसले जितपछि मनाइरहेको सेलिब्रेसन अनौठाे छ । यी जब वेडले आफ्नो जुत्तामा रक्सी पिए, स्टोइनिसले उनको पछाडि उस्तै विजयको उत्सव मनाइरहेको देखियो । यो भिडियो सार्वजनिक भएदेखि नै निकै चर्चामा छ। यसबारे मानिसहरूले विभिन्न कुराहरू पनि गरिरहेका छन् । तर, जुत्तामा मदिरा पिउनुलाई अष्ट्रेलियामा ऐतिहासिक रूपमा राम्रो भाग्य ल्याउने वा यातना वा पार्टीको रूपमा लिइन्छ। हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077