Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • नेपाली राजनीतिमा पुराना अभिव्यक्तिको लेखाजोखा हुने भए योगेश भट्टराईलाई नसम्झिन पनि सक्थे केपी ओलीले

    नेपाली राजनीतिमा पुराना अभिव्यक्तिको लेखाजोखा हुने भए योगेश भट्टराईलाई नसम्झिन पनि सक्थे केपी ओलीले

    निर्मल लामिछाने
  • सोमबार, २९ कार्तिक २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको दशौं महाधिवेशन नजिकिदै गर्दा पार्टी नेतृत्वमा आउन चाहने नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई रिझाउन खोजेका छन्।

    आगामी मङ्सिर १० देखि १२ सम्म चितवनको भरतपुरस्थित नारायणी नदीको किनारमा हुने भनिएको महाधिवेशनमा पुन: एक पटक केपी ओली नै अध्यक्षमा देखिने उनीनिकट नेताहरुले बताएका छन्।



    स्रोतका अनुसार सकेसम्म सर्वसम्मत तरिकाबाट ओलीलाई नै अध्यक्ष बनाउने तयारी भइरहेको छ । यद्यपि अध्यक्षमा उपाध्यक्ष भीम रावलले पनि दाबी गर्दै आएका छन्।



    त्यसो त अध्यक्षपछि ओलीले जसलाई चाह्यो उसैलाई नेतृत्व दिन सक्ने पनि नेताहरु बताउँछन्। अध्यक्षपछिका पदहरुमा भने अन्य नेताहरु यतिबेला मौन देखिन्छन्। उनीहरुले खुलेर पदको दाबी गरेका भने छैनन्।

    महाधिवेशन नजिकिदै गर्दा तत्कालीन एमाले विवादका बेला ओलीको साथ छाडेर माधव नेपालको खेमामा खुलेका केही नेताहरुलाई भने अप्ठ्यारो पर्न सक्ने बुझिएको छ।

    एमाले र ओलीको विरोध गर्दै नेपालको पक्षमा उर्लिएर पार्टी फुटाउन समेत पछि नपरेका केही नेताहरु भने यतिबेला ओलीको गुणगान गाइरहेका छन्। उनै नेताहरु मध्ये एक हुन् वर्तमान सचिव एवं प्रचार विभाग प्रमुख योगेश कुमार भट्टराई ।

    जो पछिल्लो समय नेकपा एमाले फुटाएर बनेको नेकपा एकीकृत समाजवादी प्रति निकै उग्र अभिव्यक्ति दिंदै आएका छन्। उतिबेला नेपालसँग लागेर ओलीको उछिट्टो काढेका भट्टराईले अहिले पुन ओलीसंग मिलेर नेपालको उछिट्टो काढेका छन्।

    केही दिनअघि भएको एक कार्यक्रममा नेपाल नेतृत्वको नेकपा एसलाई अवैध गर्भधारणबाट जन्मेको बच्चासँग तुलना गरेका थए ।भट्टराईको पछिल्ला अभिव्यक्तिहरुबाट यो बुझ्न सकिन्छ कि उनी नेपाललाई अनेक आरोप लगाएर ओलीलाई रिझाउन लागि परेका छन्।

    एमालेकै एक नेताका अनुसार भट्टराईले आगामी महाधिवेशनमा कसरी ओलीको अगाडि राम्रो बन्ने र आकर्षक पद पाउने आशयमा यो सब गरिरहेको बताए। तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेका बेला ओलीलाई बालुवाटारबाट बालकोटसम्म पुर्याउन मरि मेटेर लागेका उनै भट्टराई यतिबेला ओलीकै अघिपछि घुमिरहेका छन्।

    अझ स्मरण गर्ने हो भने त्यतिबेला ओलीले भट्टराईलाई बैगुनी केटोको संज्ञा समेत दिएका थिए भने जवाफमा भट्टराईले हो म केटो हो तर केपी ओली केटो हो की केटी हो सम्म भन्दै उनको लैंगिकतामाथि नै प्रश्न उठाएका थिए।

    यद्यपि नेपालको राजनीतिमा पुराना अभिव्यक्ति र पुराना टिप्पणीको लेखाजोखा भने हुने गरेको छैन । यदी त्यसो हुने हो भने भट्टराईका लागि आसन्न महाधिवेशन निकै महँगो पर्ने थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार