Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कोरोना भाइरस:

    १२ हजार ४० जनामा परीक्षण गर्दा ४१६ जना संक्रमित थपिए, २७० डिस्चार्ज

    १२ हजार ४० जनामा परीक्षण गर्दा ४१६ जना संक्रमित थपिए, २७० डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, २९ कार्तिक २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा २७०  जना सङ्क्रमणमुक्त भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५५४ पीसीआर परीक्षणमा ३६७ र ४  हजार ८४८ एन्टिजेन परीक्षणमा ४९ जना गरी ४१६ जनामा संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ४०२ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।



    यस्तै, मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ३११ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

    त्यस्तै, कोरोना सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४७८ को पुगेको छ ।

    देशभर पछ्ल्लो २४ घण्टामा थप ७४ हजार ४५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार