Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • दर्दनाक अपराध : ४०० जनाद्वारा एक किशोरीको बलात्कार

    दर्दनाक अपराध : ४०० जनाद्वारा एक किशोरीको बलात्कार

    अनलाइन नेपाल
  • सोमबार, २९ कार्तिक २०७८
  • 6.9K
    SHARES

    एजेन्सी । महाराष्ट्रको बिडमा एक दर्दनाम घटना बाहिर आएको छ। एक बालिकाको महिनौंसम्म बलात्कार भएको घटनाले महाराष्ट्रमा हलचल मच्चिएको छ।

    बालिकालाई ४ सय जनाभन्दा बढीले बलात्कार गरेको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार १६ वर्षीया बालिकालाई ६ महिनामा ४ सयभन्दा बढी जनाले बलात्कार गरेका हुन्।



    बीडका एसपी राजा रामास्वामीका अनुसार ६ महिनामा उक्त संख्याका मानिसहरुले किशोरीको बलात्कार गरेका हुन्। घटनामा प्रहरी पनि संलग्न भएको बताइएको छ।
    पीडितले आफूमाथि धेरै मानिसहरुले कुकर्म गरेको बताएकी छिन्।



    आफू निवेदन दिन कतिपटक अंबाजोगाई पुलिस स्टेशन गएको तर प्रहरीले उल्टै आफूलाई पछ्याउने गरेको जानकारी दिएकी छिन्। उनले प्रहरीले अपराधीको खोजी नै नगरेको आरोप लगाएकी छिन्।

    हाल घटनामा संलग्न भएको आरोपमा ३ जना पक्राउ परेका छन्। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार