Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • तालिबानद्वारा काबुलमा अमेरिकाले छाडेका हतियारहरु प्रदर्शन

    तालिबानद्वारा काबुलमा अमेरिकाले छाडेका हतियारहरु प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । तालिबानले अफगानिस्तानको राजधानी काबुलमा हतियार प्रदर्शन गरेको छ । तालिबानले अमेरिकी सेनाबाट नियन्त्रणमा लिइएका तथा स्वदेश फर्किनुअघि अमेरिकाले नै छोडेका हतियार प्रदर्शन गरेको हो ।

    २५० जना तालिबान सेनालाई तालिम प्रदान गरेपछि हतियार प्रदर्शन गरिएको रक्षा मन्त्रालयका प्रवत्ता इन्यातुल्लाह खवाराजमीले जानाकारी दिए ।



    सैन्य अभ्यासमा अमेरिकामा निर्मित एम ११७ बख्तरबन्द गाडीलाई काबुलका सडकमा गुडाइएको थियो । सो अवसरमा अधिकांश तालिवान लडाकुले अमेरिकामा निर्मित एम ४ राइफल बोकेका थिए ।



    तालिबान फौजले अहिले प्रयोग गरेका अधिकांश हतियार अफगानिस्तानमा यसअघिको सरकारलाई अमेरिकाले सहयोग स्वरुप प्रदान गरेको थियो । अफगान फौजलाई तालिबानबिरुद्ध लड्न अमेरिकाले पूर्वराष्ट्रपति असरफ गनी नेतृत्वको सरकारलाई अत्याधुनिक हतियार उपलब्ध गराएको थियो ।

    त्यस्तै, तालिमका अवसरमा तालिबानले रसियाली हेलिकोप्टरहरु पनि प्रदर्शन गरेका थिए । तालिबानले १५ अगस्टमा अफगानिस्तानमा सत्तापलट गरेको थियो ।

    तालिवान सत्तामा आएपछि महिला र बालिकाहरुको अधिकार खोसिएको छ । महिलालाई अझै पनि विद्यालय जान अनुमति दिइएको छैन् । त्यस्तै, तालिवानले सत्ता कब्जा गर्दा घरमै बसेका सरकारी कर्मचारीमध्ये महिला कर्मचारी अझै नियमित काममा फर्किन पाएका छैनन् ।

    तालिबान सरकारमा महिलाको सभागीता शून्य छ । तालिबानले महिला मन्त्रालय खारेज गरिदिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार