Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • यौन सम्पर्क गर्न नमानेपछि अफगान युवतीमाथि तालिबानको बर्बरता, न्याय पाउनु ‘एकादेशको कथा’जस्तै

    यौन सम्पर्क गर्न नमानेपछि अफगान युवतीमाथि तालिबानको बर्बरता, न्याय पाउनु ‘एकादेशको कथा’जस्तै

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 2K
    SHARES

    एजेन्सी । अफगानिस्तानको हेरात प्रान्तमा सशस्त्र विद्रोही समूह तालिबानका कमाण्डरले एक अफगान युवतीमाथि निर्घात कुटपिट गरेका छन्।

    सामाजिक संजालमा सार्वजनिक भएको उक्त भिडियोका अनुसार ती युवतीले यौन सम्पर्क गर्न अस्वीकार गरेपछि कमाण्डरले कुटेको बुझिएको छ।



    भिडियोमा युवतीको शरीरमा निलडाम र चोट देख्न सकिन्छ। ट्विटरमा सेयर गरिएको भिडियोमा कमान्डरले कुटेपछि ती युवती चिच्चाएकी देखिन्छन् ।



    तर, तालिवानले भने यी सबै आरोपको अस्वीकार गर्दै उक्त घटनामा आरोपित कमान्डरको कुनै संलग्नता नरहेको दाबी गरेको छ।

    अफगान समाचारका अनुसार गृह मन्त्रालयले सो घटनामा संलग्न रहेको आशंकामा एक किशोर र किशोरीलाई सार्वजनिक गरेको छ । तालिवानले घटनालाई अन्यत्रै मोड्न खोजेको स्थानीयले आरोप लगाएका छन् ।

    तालिबानले आफ्ना कमान्डरको लाज छोप्न र विषयलाई तोडमोड गर्न त्यस्तै प्रकृतिको अर्को भिडियो बनाएको स्थानीयको आरोप छ। तालिवानले सार्वजनिक गरेको भिडियोमा देखिएकी किशोरी वास्तविक पीडित नभएको जनाइएको छ ।

    घटनासँगै सत्तारोहणका बेला महिला र पुरुषलाई बराबर अधिकार दिने बताएको तालिबान समूहको अभिव्यक्ति महिलाहरुका लागि ‘एकादेशको कथा’ जस्तै भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार