Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भाईमार्फत सेटिङ मिलेपछि आफैले गरेको फैसला उल्ट्याउन प्रधानन्यायाधीश राणाले दिए निस्सा

    भाईमार्फत सेटिङ मिलेपछि आफैले गरेको फैसला उल्ट्याउन प्रधानन्यायाधीश राणाले दिए निस्सा

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका कारण यतिबेला न्यायपालिका क्षेत्र इतिहासमै पहिलो पटक बद्नाम बन्न पुगेको छ । न्यायाधीश हुँदै देखि विवादित बन्दै आएका राणा अहिले भने कार्यपालिकालाई लगेर सत्तासँग जोडेपछि झन बढी विवादमा तानिएका हुन् ।

    प्रधान्यायाधीशविरुद्ध आवाज उठ्न थालेको एक महिना पुग्न लागिसक्यो भने आन्दोलन नै शुरु भएको दुई साता नघिसकेको छ । राणाको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरुले नै बेन्च बहिस्कार गरिरहेका छन् । नेपाल बार एशोसिएन अदाललत परिसरमै आन्दोलनमा छ ।



    यस्तो अवस्थामा पनि राणा भने राजीनामा दिएर यो विवादलाई निकास दिने पक्षमा छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफैले कानून विपरित परमादेश जारी गरेर प्रधानमन्त्री बनाएको र नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र तथा जनता समाजवादी पार्टी सरकारमा रहेकाले राणालाई महाअभियोगको डर छैन ।



    त्यसैले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई यो विषयमा चुक्क पनि बोल्न सकेका छैन । नेपाल र भट्टराई त ललिता निवासको काण्डमा जेल जाने डरले पनि केही नबाेलेका हुन् ।

    राजनीतिक दलबाट कुनै पनि खालको अप्ठेरो परिस्थिति नआउनेमा ढुक्क रहेका प्रधानन्यायाधीश राणा अहिले त घरमै बसेर पेसी तोकिरहेका छन् । दुइदिनदेखि चाेरबाटाेबाट सर्वाेच्च प्रवेश गर्दै आएका राणाले आज घरमै बसेर पेसी ताेकेका हुन् । राणाको तीन बर्षे कार्यकालमा सर्वोच्चमा भएको सेटिङका मुद्दाहरुको फेहरिस्त विस्तारै खुल्दैछन् ।

    प्रधानन्यायाधीश राणाले आफ्ना भाई प्रभुशमशेरमार्फत कसरी सेटिङ मिलाउँछन् भन्ने कुराको पर्दाफास भर्खरैको एक अंशसम्बन्धि मुद्दाले गरेको छ । प्रधानन्यायाधीश राणाले मुद्दामा विचौलियाको काम गर्दै आएका भाई प्रभुशमशेरको कुरा सुनेर बाबुआमाको निधन भइसकेपछि छोरीले पाउने हक समेत खोस्नेगरी एउटा मुद्दामा निस्सा दिएका छन् ।

    प्रधानन्यायाधीश राणाले एउटा अंश मुद्दामा निर्णय सुनाउने दिन तोकेको डेढ वर्षपछि मात्र फैसला गरेका थिए । बाबुआमाको मृत्यु भइसकेको अवस्थामा उनीहरुको सम्पत्तिमाथि छोरा वा छोरीको हक लाग्छ । सोही कानुनमा टेकेर प्रधानन्यायाधीश राणाले पनि एक अंश मुद्दामा छोरीहरुकै हक लाग्ने फैसला गरेका थिए । तर, भाई प्रभुशमशेरले ठूलै आर्थिक चलखेल गरेपछि तिनै प्रधान्यायाधीश राणाले आफैले गरेको निर्णयलाई पुनरावलोकनका लागि निस्सा दिएका छन् ।

    के हो घटना ?
    काठमाडौं न्यूरोडका शोभा चिपालु मास्के र उनकी बहिनी सरिता चिपालु राजभण्डारीले मातापिताको निधन भइसकेपछि बुबाको सम्पत्तिको हकदार आफूहरु नै भएको भन्दै काकाका छोरा गोविन्द चिपालुबिरुद्ध २०६४ मा दायर गरे ।

    काठमाडौंको २५ करोड ३४ लाख रूपैयाँ मूल्य पर्ने चिपालु दिदीबहिनीको उक्त जग्गाको मुद्दामा जिल्ला र पुनरावेदनले हराइदिए । जिल्ला र उच्चका न्यायाधीशले गोविन्द चिपालुको माग बमोजिम शोभा र सरिताको अंश हक नै नहुने फैसला गरेका थिए । जिल्ला र उच्चको आदेश बिरुद्ध शोभा र सरिताले २०६८ मा सर्वोच्च अदालतमा मुद्दा हाले ।

    सोही मुद्दामा प्रधानन्यायाधीशले बिचौलियाको कुरा सुनेर लामो समयसम्म अड्काइरहे । न्यायाधीशद्वय दीपककुमार कार्की र पुरुषोत्तम भण्डारीको इजलासमा परेको र हेर्दाहेर्दैमा राखेको उक्त मुद्दा भाइ प्रभुशमशेर राणाको सेटिङ भएकाले २०७५ पुस १७ मा चोलेन्द्रशमशेर प्रधानन्यायाधीश हुनासाथ खोसियो ।

    हेर्दाहेर्दैमा राखिएको मुद्दा रद्द गरी पुनः मोलतोल सुरु भयो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेरले २०७६ असार १० गते बहस सुनिसकेर १४ दिनपछि निर्णय सुनाउने भने । भाइ प्रभुशमशेरले ‘मोलतोल’ नसकेका कारण प्रधानन्यायाधीश राणाको १४ दिन आउन डेढ वर्ष लाग्यो । बल्ल बल्ल २०७७ पुसमा डेढ बर्षपछि निर्णय सुनाइयो ।

    प्रधानन्यायाधीश राणासहितको इजलासले डेढ वर्षपछि अर्थात २०७७ पुस ७ गते तल्ला अदालतहरूको फैसला उल्ट्याएर शोभा र सरितालाई जिताइदियो । मुद्दाको टुंगो लागिसेको झण्डै एक वर्षपछि फेरि प्रधानन्यायाधीश राणाले पुनरावलोकनका लागि भन्दै निस्सा दिएका छन् ।

    रामबहादुर चिपालुका छोरा कृष्णबहादुर र नारायणबहादुर चिपालु दाजुभाइ सगोलमा थिए । कृष्णबहादुरका एकमात्र छोरा गोविन्द चिपालु हुन् भने नारायणबहादुरका शोभा र सरिता गरी दुई जना छोरीमात्र थिए । नारायणको २०३९ र उनकी श्रीमतीको २०५९ मा मृत्यु भइसकेपछि उनका हकवाला दुई छोरी शोभा र सरिताले उनको सम्पत्ति पाउनुपर्ने जन्मसिद्ध अधिकार नै हो ।

    मृत्युअघि कृष्ण र नारायणको अंशबण्डा भएको थिएन । त्यसैले आफ्ना बाबुआमाको हकको जग्गा आफूहरूले पाउनुपर्ने शोभा र सरिताको दाबी थियो । गोविन्दले भने २०२७ सालमै आफ्ना बुवा कृष्णबहादुर र काका नारायणबहादुर छुट्टभिन्न भएको दाबी गरे पनि त्यसको प्रमाण कुनै पेश गर्न सकेका थिएनन् ।

    शोभा र सरिता विवाहित छोरी भएकाले अंश नपाउने दाबी गोविन्दले गरेका थिए । अपुतालीका लागि आमाको मृत्यु भएको तीन महिनाभित्र मुद्दा दिनुपर्नेमा तीन वर्षपछि हदम्याद गुजारेर मुद्दा हालेको उनले जिकिर गरेका थिए ।

    चिपालु दिदीबहिनीको यो मुद्दा दर्ता भएर २०६९ साउन ३१ देखि पेसीमा चढेको थियो । फैसला हुँदासम्म ३१ जना न्यायाधीशको इजलासमा परेको थियो । २०७५ पुसमा राणाले प्रधानन्यायाधीश नियुक्त हुनासाथ हेर्दाहेर्दैबाट हटाएपछि उक्त मुद्दा २०७६ जेठमा न्यायाधीश सपना मल्ल र सुष्मालता माथेमाको इजलासमा परेको थियो । तर, उनीहरूले हेर्न नमिल्ने भनियो ।

    त्यसै वर्ष असार ९ गते प्रधानन्यायाधीश राणा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले यो मुद्दामा सुनुवाइ थाल्यो । त्यो दिन बहस नसकिएपछि भोलिपल्टलाई हेर्दाहेर्दैमा राखियो ।

    दुई दिनको बहस सुनेपछि १० दिनभित्र दुवै पक्षका वकिलको बहस नोट झिकाउने र असार २४ गते निर्णय सुनाउने पेसी तोक्न आदेश दिइयो । अदालतको आदेशअनुसार असार २४ गते निर्णय सुनाउने पेसी तोकिएको थियो । प्रधानन्यायाधीश राणासहितको इजलासले निर्णय सुनाउने दिन तोकेको डेढ वर्षपछि २०७७ पुस ७ गते तल्ला अदालतहरूको फैसला उल्ट्याएर शोभा र सरितालाई जिताइदियो ।

    एकातिर गोविन्द चिपालुसँग प्रभुशमशेरले समयमै ‘मोलमोलाई’ मिलाउन नसकेको र अर्कोतिर शोभा र सरिताको बिपक्षमा जाँदा छोरीको अंशहक नै खोस्ने प्रतिगामी आदेशको बिरोध हुने भएपछि प्रधानन्यायाधीश यस्तो फैसला गर्न बाध्य भएका थिए ।

    प्रभुशमशेरसँग घुसमा कुरा नमिलेपछि शोभा र सरिताको पक्षमा सुनाइएको फैसलामाथि पुनः प्रभुशमशेरसँगकै सेटिङमा पुनरावलोनको निवेदन दिएका छन् । निवेदन पर्नासाथ प्रधानन्यायाधीश राणाले निस्सा समेत दिइसकेका छन् ।

    गोविन्द चिपालुले साउन ५ गते दिएको पुनरावलोकनको पहिलो पेसी २०७८ असोज १४ गते र त्यसपछि कात्तिक ४ गते तोकिएको थियो । त्यसबाट पनि सरेर अहिले २०७८ मंसिर २ मा पेसी तोकिएको छ ।

    प्रधानन्यायाधीश राणाका भाइ प्रभुसमशेरले छोरीको पक्षमा भइसकेको फैसला समेत करोडौं करोड घुस लिएर बदर गरी गोविन्द चिपालुको पक्षमा आदेश गराउनेगरी सेटिङ गरिसकेको स्रोतको दावी छ ।

    उक्त मुद्दा फेरिपनि उल्ट्याइएको खण्डमा छोरीको हक नै खोसिने प्रष्ट छ । तर, न्यूरोडको महंगो जग्गा भएकाले गोविन्द जतिपनि खर्च गर्न तयार छन् । जसकाकारण प्रधानन्यायाधीशका भाई प्रभुुलाई सेटिङ गर्न सहज भएको छ ।

    सामान्यतया निर्णय सुनाउन बढीमा १ महिनाको समय लिन सकिने सर्वोच्च अदालतको नियमावलीमा छ । तर, प्रधानन्यायाधीश राणाले डेढ बर्षपछि मात्र निर्णय सुनाएका थिए । डेढ वर्षसम्म प्रभुले गोविन्दसँग सेटिङ मिलाउन नसकेपछि आफूहरुको पक्षमा सुनाइएको उक्त फैसला कतै अब सेटिङ मिलाएर उल्ट्याउने त होइन भन्ने डरमा छन् शोभा सरिता ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार